भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

२७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था ‘गम्भीर’ बनेको छ ।

भारतको नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा उनको ब्रेन सर्जरी भएको थियो । सर्जरीपछि उनको अवस्था नाजुक बनेको हो । अहिले उनलाई भेन्टिलेटरको सहायतामा राखिएको छ ।

सोमबार ८४ वर्षीय मुखर्जीले आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । उनले सामाजिक सञ्जाल ट्वीटरबाट उक्त जानकारी दिएका हुन् ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि नयाँ दिल्लीको सैनिक अस्पतालको भ्रमण गरी मुखर्जीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

त्यस्तै भारतीय कांग्रेसका नेता राहुल गान्धीले पनि मुखर्जीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्