कास्कीमा भदौ १२ सम्म निषेधाज्ञा लम्बियो

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

७ भाद्र , पोखरा । पोखरा महानगरपालिकासहित  कास्की जिल्लामा  जारी निषेधाज्ञा थप ५ दिन लम्विएको छ ।

 जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले भदौ २ गतेदेखि जारी निषेधाज्ञा १२ भदौसम्म लम्ब्याउने निर्णय गरेको हो ।

समितिले थप ५ दिनका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । पोखरा महानगरका उप उपप्रमुख मन्जुदेवी गुरुङको अध्यक्षतामा बिहान बसेको महानगर कोरोना रोकथाम मूल समितिको बैठकले भदौ २ गते मध्यरातिदेखि जारी निषेधाज्ञालाई पुनः ५ दिन लम्ब्याउन प्रशासन समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने छन् भने हिँडडुल गर्न समेत रोक लगाइएको छ । अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधन, औषधि, खाद्यान्न, तरकारी, फलफूल लगायतका पसल र सेवा भने खुला रहने छन् । बेलुका ५ बजेदेखि ८ बजेसम्म निर्माण सामाग्री ओसार पसार गर्ने सवारी साधनलाई भने चल्न दिनेछ । १२ गतेपछि भने मोडल परिवर्तन गरिने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्