गण्डकी प्रदेशमा संक्रमितको संख्या २०२२ पुुग्यो

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, १२ भदौ । गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २०२२ पुगेको छ।
स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा गण्डकी प्रदेशमा नयाँ १७ जना संक्रमितहरु थपिए सँगै संक्रमितको संख्या २०२२ पुुगेको हो । गण्डकी प्रदेशका चार जिल्लाका १७ जनामा कोरोना पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं १७ का २९ र २८ वर्षका २ जना पुुरुष, वडा नं.३० का ५० वर्षीय महिलाको नमुना संकलन पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।
यस्तै नवलपरासी विनय त्रिवेणी वडा नं. १ का १७, ४०, ६७, ६१ वर्षका ४ महिला र सोही वडाका वर्ष २० र ६२ का २ जना पुरुषकोे नमुना संकलन पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । सोही जिल्लाकै देवचुली वडा नं.१५ का ५० वर्षीय महिला र १६ का ३० वर्षका १ पुरुषको नमुना परिक्षणमा पोजेटिभ देखिएको छ ।
त्यस्तै गरी लम्जुङ जिल्लाको मस्र्याङ्दी ४ का ३१ वर्षीय महिला र बेशीसहर ८ का २७ वर्षका १ पुरुषको नमुना परिक्षणमा पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।
यस्तै तनहुँ शुक्लागण्डकी वडा नं.१२ का २२ वर्षका १ पुरुष र वडा नं.५ का ४२ वर्षका १ पुुरुष र व्यास नगरपालिका वडा नं.३ का वर्ष ३८ र ३९ का २ जना पूरुषको नमूना परिक्षणमा पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ७२ (निको हुने दर ८२.६९ प्रतिशत) रहेको निर्देशनालयले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्