राष्ट्रियसभामा वामदेव गौतमलाई पठाइने

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

भदौ १८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको सचिवालय बैठकमा मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिकहाँ सिफारिस गरिने जानकारी गराएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको पक्षमा प्रधानमन्त्री उभिए पनि गौतमले अडान कायमै राखेपछि गौतमलाई नै सिफारिस गरिने जानकारी गराएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्