पोखराको १०, १२ तथा १३ नम्बर वडा आज राति १२ बजेबाट सिल हुने

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

भदौ १९, पोखरा । कोरोना संक्रमणको दर उच्च रुपमा वृद्धि हुन थालेपछि पोखरा महानगरपालिका वडा नम्बर १०, १२ तथा १३ सिल हुने भएको छ । ३ वटै वडाका वडाध्यक्षले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै १०, १२ तथा १३ नम्बर वडा आज राति १२ बजेबाट लागू हुने गरी भदौ २६ गतेसम्मका लागि सिल गर्ने जानकारी दिएका हुन् ।

पोखरा १०, १२ तथा १३ अन्तरगतका स्वर्णिम टोल, अन्नपूर्ण टोल, लालीगुरासँ टोल, भद्रकाली हुँदै ढिकालेथर, कुँडहरचोक हुँदै मियापाटनसम्म सबै क्षेत्र सिल हुने भएको छ । त्यस्तै लालीगुरासँ मिनीमार्ग, प्रगती टोल, विपी मार्ग ‘क’ र ‘ख’ सबै हुँदै भद्रकाली ‘ख’ टोल विकास क्षेत्र, माछापोखरीदेखि संगम टोल, मियापाटन, अन्नपूर्ण टोल हुँदै बेसलाइन स्कुल क्षेत्रका सबै क्षेत्र सिल गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सिल गरिएका वडाभित्र खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म खोल्न पाइने छ । साथै एम्बुलेन्स तथा अन्य अति आवश्यकीय क्रियाकलाप गर्न भने रोक नलगाइने भएको छ । यस्ता सेवा सञ्चालन गर्दा सेनिटाइजरको नियमित प्रयोग गर्न, मास्कको अनिवार्य प्रयोग तथा भौतिक दुरी कायम गर्न वडाका वडाध्यक्षहरुले जारी गरेको विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्