त्रिवेणी इन्टरनेशनल क्याम्पसको अध्यक्षमा भट्टराई

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
लेखनाथ, १८ पौष ।
त्रिवेणी इन्टरनेशनल क्याम्पसको बोर्डको अध्यक्षमा सुमन भट्टराई सर्वसम्मत रुपमा चयन हुुनुु भएको छ । पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको क्याम्पसको पाँचौ वार्षिक साधारण एवम. दोस्रो अधिवेशनले भट्टराईलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
यसै गरी यदुराज आचार्य, मधुसुदन सापकोटा, बलराम ढकाल, विनोद लामिछाने, हरि बुढाथोकी, भरत अधिकारी, शान्ती देवी खनाल र सोमनाथ बास्तोला वोर्ड सदस्यमा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा २७ का वडा अध्यक्ष पूूर्ण कुुमार गुुरुङले निजी लगानीमा सञ्चालित कलेजले स्वदेश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास गर्दै आगामी दिनमा अझ गुुणस्तरीय शिक्षा प्रदान गरोस भन्ने शुुभकामना व्यक्त गर्नुु भयो ।
यसै गरी पोखरा विश्व विद्यालयका पूूर्व उपकुुलपति प्रा.डा.इन्द्र प्रसाद तिवारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, कलेजका अध्यक्ष बाबुुराम गिरी लगाएतले कलेजले गुुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र आगामी दिनमा समय सापेक्ष अनुुसार अझै गुुणस्तरीय शिक्षा प्रदान गर्नुुपर्नेमा जोड दिनुु भयो । नव निर्माचित अध्यक्ष सुुमन भट्टराईले सबै क्षेत्रको महानुुभावहरु, शिक्षकहरु, नागरीक समाज र वोर्डका सदस्यहरुको सल्लाह सुुझाव अनुुसार क्याम्पसको भौतिक पूूर्वाधार निर्माण गर्दै शैक्षिक स्तरलाई अझ वुुद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुु भयो ।
यसै गरी क्याम्पस प्रमुुख यदुुराज आचार्यले क्याम्पसको शैक्षिक प्रदिवेदन प्रस्तुुत गर्दै क्याम्पसको भावी योजनाका वारेमा स्पष्ट पार्नुु भएको थियो । लेखा संयोजक दुुर्गा वास्तोलाले क्याम्पसको आर्थिक प्रतिवेदन प्रस्तुुत गर्नुु भएको थियो भने क्याम्पसका निर्देशक मधुुसुुधन सापकोटाले धन्यवाद ज्ञापन गर्नुुभको कार्यक्रमको सञ्चालन सचिव मुुक्ति सापकोटाले गर्नुुभएको कुुरा सहायक क्याम्पस प्रमुुख डिल्लिराम पौडेलले गाउँले मिडियालाई जानकार दिनुु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्