गण्डकी प्रदेशमा अनलाइनमा आधारित युवा प्रशिक्षण कार्यक्रम सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानभाट
पोखरा, २८ साउन । युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा अनलाइनमा आधारित युवा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सम्पन्न सो प्रशिक्षण कार्यक्रम अनलाइन प्रविधिबाट सम्पन्न भएको हो ।
खाध्य प्रणलीमा रुपान्तरणः मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन भन्ने नाराका साथ युवाहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा वाली विकास अधिकृत निर्मल रेग्मीले खाध्य प्रणलीमा रुपान्तरण विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । स्थानिय उत्पादन घट्दै गएकाले जग्गा बाँजो रहेको छ र अब रुपान्तरण गर्नूपर्नेमा जोड दिनु भयो । खाध्यरुपान्तरणका उपायहरु, खाध्यरुपान्तरणका लागि युवाको भूमिका, युवा उद्यमशिलता र नवप्रर्वतनको लागि चाल्नुपर्ने कदमहरु लगाएतका विषयहरुमा प्रशिक्षण दिनु भएको थियो ।
युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका सचिव विनोद बहादुर कुंवरको अध्यक्षतामा भएको प्रशिक्षण कायक्रममा गण्डकी प्रदेश र लुम्बीनी प्रदेश यएनडिपी नेपालका फिल्ड कार्यलय प्रमुख सुदिप अर्यालले मानव र भुमण्डलिय स्वास्थ्यको लागि युवा नवप्रवर्तन विषयमा आफ्नो धाराणा प्रस्तुत गर्नु भएको थियो । त्यस्तै पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका वरिष्ट पशुविकास अधिकृत डा.प्रेरणा भट्टराइले खाध्य प्रणली , पशुपालन र युव नवप्रवर्तनका वारेमा कार्यपत्र प्रस्तुत गर्दै खाध्य प्रणर्लीका विध्यमान समस्याहरु, खाध्य प्रणलीलाई असर पार्ने कुराहरु, वालवालिका देखि युवा वर्गको लागि आवश्यक पर्ने प्रोटिन युक्त खाध्य बस्तुको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
खेलकुद मन्त्रालयले आयोजना गरेको समृद्ध प्रदेशका लागि युवा स्वरोजगार, सम्भावना र चुनौतीे विषयक गण्डकी प्रदेश स्तरीय विचार लेखन प्रतियोगितामा बाग्लुङका पूर्णदिप कंडेल प्रथम, शुक्ला गण्डकीका सागर खनाल द्धितिय, म्याग्दीका रन्जना श्रेष्ट तुुतिय, बाग्लुङका हरि प्रसाद शर्मा सान्त्वना, श्याङजाका.खगिसरा गैरे सान्त्वना हुनु भएको मूलाङ्कन समितिका संयोजक प्राध्यापक डा.यदुनन्दन उपाध्यायले सो अवसरमा घोषणा गर्नु भएको थियो भने सो विचार लेखन प्रतियोगितामा ३८ जनाको सहभागिता रहेको थियो ।
युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझाले सन्चालन गर्नु भएको कार्यक्रममा मन्त्रालयका उपसचिव तेजप्रसाद काफ्लेले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्