माझठाना खानेपानी समितिले नेपाल विद्युत बितरण तालचोक कास्कीमा बुझायो ज्ञापन पत्र

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
लेखनाथ, ८ भदौ । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नेपाल विद्युत बितरण तालचोकमा ज्ञापन पत्र बुझाएको छ ।
समितिका अध्यक्ष लालमोहन तिवारीको नेतृत्वमा गएको डेलिकेशनले कार्यलयका निमित्त प्रमुख निरोज पौडेललाई खानेपानीको ट्रान्स्मिटरमा आएको समस्याको बारेमा अबगत गराउँदै अध्यक्ष तिवारीले ज्ञापन पत्र निमित्त प्रमुख निरोज पौडेललाई बुझाउनु भयो ।
खानेपानीको २५ के बी ट्रान्स्मिटर चार पटक तार सटिङ भइ आगो लागी भएका कारण मोटर पम्प लगाएत अन्य उपकरणमा समेत आएको समस्याले खानेपानीमा विगत १ महिना देखि समस्या आएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा समस्या समाधानका लागि बारम्बार सम्बन्धित निकायमा प्राविधिक उपलब्ध गराइ समस्याको समाधान गर्न अनुरोध गर्दा पनि कार्यलयबाट प्राविधिक खटाउन आनाकानी गरिएको अध्यक्ष लालमोहन तिवारी र सचिव इन्द्र कुमारी गुरुङद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ।
साथै साउन २८ गते परेको चट्याङका कारण विद्युत लाइन समेत अवरुद्ध भएको र लाइन सुचारु गर्नका लागि आग्रह गर्दा पनि चासो नदिएकाले छिटो भन्दा छिटो समस्याको समाधान गर्न अध्यक्ष तिवारीले प्रमुख पौडेललाई आग्रह गर्नु भयो ।
ज्ञापन पत्र बुझ्दै निमित्त प्रमुख निरोज पौडेलले वर्षा रोकिना साथ प्राविधिक खटाइ समस्या पहिचान गरी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्