लेखनाथ उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, असोज ५ ।
लेखनाथ उद्योग वाणिज्य संधको २५ औँ वार्षीक साधारण सभा तथा १३ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न सफल भएको छ । शनिवार सम्पन्न मतदानको दुई दिनपछि मंगवार मात्र मतगणना सम्पन्न भएको हो।
राति अबेर गरि गरिएको मत गणनाको मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा विनोद श्रेष्ठ विजयी भएका छन । उनले आफना प्रतिष्पर्धी भरत कुमार अधिकारीलाई ५८ मतले पछि पार्दै वरिष्ठ उपाध्यक्ष पदमा जित हासिल गरेका हुन । उनले आठ सय एक मत प्राप्त गरेका थिए भने अधिकारीले सात सय ४३ मत प्राप्त गरेका थिए ।
भावी अध्यक्षको रुपमा समेत हेरीने उक्त पदमा यस अघिका प्रथम उपाध्यक्ष श्रेष्ठ र सल्लाहकार अधिकारी चुनावी मैदानमा उत्रेका थिए।विजयी श्रेष्ठलाई एमाले र माओवादी निकटका ब्यवसायीहरुको साथ रहेको थियो भने अधिकारीलाई काग्रेसको साथ र सहयोग रहेको थियो ।
यता प्रथम उपाध्यक्ष पदमा राजेन्द्र ओझा विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रकाशलाल श्रेष्ठलाई एक सय ५२ मतको अन्तरले पछि पारेका थिए । ओझाले कुल ८ सय ५७ मत ल्याउँदा श्रेष्ठले ४ सय ७९ मत ल्याएका थिए । उक्त पदमा यस अघिका द्धितीय उपाध्यक्ष ओझा र पुर्व द्धितीय उपाध्यक्ष श्रेष्ठ चुनावी मैदानमा उत्रिएका हुन् । बिजयी ओझालाई बामपन्थि गठबन्धनको साथ रहेको थियो भने श्रेष्ठलाई काग्रेसको साथ देखिन्थो ।
संघको द्धितीय उपाध्यक्ष पदमा गोपिचन्द्र बाँस्तोला विजयी भएका छन । द्धितिय उपाध्यक्षका प्रतिशपर्धी शैलेन्द्रमोहन भटराईलाई एक सय ४७ मतको फराकिलो मतले वास्तोला विजयी भएका हुन् । बाँस्तोलाले कुल आठ सय ५३ मत ल्याउँदा भटराईले सात सय छ मत प्राप्त गरेका थिए । बाँस्तोला यस अघिका महासचिव हुन भने भटराई कार्यसमिति सदस्य हुन ।यहाँ पनि वास्तोला बामगठबन्धनका साझा उमेदवारको रुपमा थिए भने भटराईलाई काग्रेसको साथ रहेको थियो ।
निर्वाचनमा सवैभन्दा बढि मत ल्याउन सफल उपेन्द्रराज सुवेदी(राजु)ले ४ सय ६९ मतको फराकिलो अन्तरले विजयी भएका छन् ।सुवेदीले सर्वाधिक एक हजार १९ मत ल्याउन सफल हुदाँ महासचिवकी उमेदवार मेनका श्रेष्ठले पाँच सय ५० मत मात्र प्राप्त गरिनेकी थिईन । सुवेदी यसअघिका उप–महासचिव पदमा रहेका थिए भने श्रेष्ठ कार्यसमिति सदस्य रहेकी थिईन । यहाँ सुवेदीलाई काग्रेसको साथ थियो भने श्रेष्ठलाई एमालेको साथ थियो ।
लेखनाथ उद्योग वाणिज्य संघको ईतिहासमा पहिलो पटक पदाधीकारी बनेर नयाँ ऐतीहास रच्न सफल भएकी छन जानुका अधिकारी। प्रत्यासी धिरज कुमार श्रेष्ठलाई पराजीत गर्दै उप–महासचिव पदमा अधिकारी निर्वाचित भएकी हुन् । उनले श्रेष्ठलाई तिन सय मतको फराकिलो अन्तरले पराजित गरेकी हुन । अधिकारीले ९ सय ३३ मत प्राप्त गर्दा श्रेष्ठले छ सय ३३ मत प्राप्त गरेका थिए ।अधिकारीलाई काग्रेस निकट ब्यवसायीको साथ थियो भने श्रेष्ठलाई एमाले र माओवादीको साथ रहेको थियो ।
संघको कोषाध्यक्ष पदमा भरतराज ओझा बिजयी भएका छन् । ओझाले प्रतिष्पर्धी रामजी पौडेललाई ९५ मतको फरकले विजयी भएका हुन । उनले ७ सय ५७ मत ल्याउँदा पौडेलले ६ सय ६२ मत ल्याएका थिए । चुनावको २ दिन अगाडी उम्मेदवारी फिर्ता लिएर पौडेललाई सर्मथन गरेका भिम बहादुर नेपाली(काईला) ले एक सय २८ मत प्राप्त गरे । अन्तिम अवस्थामा उम्मेद्वारी फिर्ता लिदा यसको प्रत्यक्ष फाईदा ओझालाई पुग्गेको छ । ओझलाई काग्रेस निकट ब्यवासायीको साथ रहेको थियो भने पौडेल र नेपाली दुवै जना माओवादी निकटका ब्यवसायी हुन् ।
यता खुल्ला सदस्यतर्फ उम्मेदवारी दिएका २० जनामा विक्रम कर्माचार्यले ९ सय ५८, बुद्धि प्रसाद बाँस्तोलाले ८ सय ९२, धु्रबबाबु भटराईले ८ सय २४, ईन्दिरा रोकाले ७ सय ९४, जिवन तिवारीले ७ सय २१, पुष्पमणि भण्डारीले ६ सय ७५, भरत थापाले ६ सय ७१ र हरी वस्ताकोटीले ६ सय २९ मत प्राप्त गरि विजयी भएका छन् ।सदस्य तर्फका तिवारी र भण्डारी बाहेकका छ जनालाई काग्रेसको साथ रहेको थियो ।
यसैगरि महिला सदस्यमा उम्मेदवारी दिएका ५ जनामा गंगा कुमारी मल्लले ८ सय ९५ र रञ्जना बरालले ७ सय ९१ मत प्राप्त गरी बिजयी भएका छन् उनिहरु दुवैलाई काग्रेसको सहयोग रहेको थियो ।
संघको १३ औं महाधिवेशनमा यस अघि नै अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा मेघराज पौडेल निविरोध निर्वाचित भईसकेका थिए । विजयी उम्मेद्वारहरुलाई सोमबार राति नै निर्वाचन आयुक्त हेमराज बरालले विजयीको प्रमाणपत्र प्रदान गरेका छन् ।

संघका १७३६ मतदाताँ मध्ये १६१७ मत खसेको भनिएता पनि पछि मुचुल्का गर्दा बाकी रहेका केही मतपत्र नपुगेपछि विवाद श्रृजना भएको थियो ।पछि संघका पुर्व अध्यक्ष, पदाधिकारी र उमेदवार विचको सहमतिमा १६३४ मतलाई आधार मानि मतगणना गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्