पोखरा २९ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ , ५ भदौ । पोखरा महानगरपालिका वडा नं.२९ मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ङयोए तमु धिं लेखनाथ तथा संयुक्त गोरखा भू.पू. सैनिक क्लबको संयुक्त आयोजना र बार्बरा हेल्पिङ ह्याण्डको प्राविधिक सहयोगमा एक दिने निशुल्क हाड जोर्नी तथा नशा रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।


कर्यक्रमलाई सम्बोधन गर्दै वडा नं.३० का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले बार्बरा हेल्पिङ ह्याण्डले प्राविधिक सहयोग गरेर निशुल्क स्वास्थ्य शिविर गरेको धन्यवाद दिंदै वडावासीहरु स्वास्थ्य रहुन भन्ने आफ्नो चाहना रहेको बताए ।
यसै गरी हाड जोनी तथा नशा रोग विशषेज्ञ डा. रविमोहन ढकालले स्वाच्छ पोखरा , स्वास्थय पोखरेली अभियान लिएर बार्बरा हेल्पिङ ह्याण्डले विभिन्न सामाजिक संघ संस्थाहरुसाग समन्वय गरी पोखरा महानगरका ३३ वटा वडाहरुमा निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए ।
स्वास्थयका वारेमा सैद्धान्तिक रुपमा जानेका कुराहरुलाई व्यवहारमा लागु गर्न सके स्वस्थ हुन सकिने बताउँदै हामी सबैले आफ्नो टोल छिमेक वरपरको वातावरण सफा राख्नुपर्नेमा डा.ढकालले जोड दिए ।


डा.ढकालले रोग फोहोरबाट ५० देखि ६० प्रतिशत मानिसलाई फोहोरबाट सिर्जित हुने रोग लाग्ने बताउँदै आफ्नो टोल वरिपरि सरसफाईमा ध्यान दिनु जरुरी रहेको बताए । मानिसले रोग लागेर अस्पताल धाउनु भन्दा रोग लाग्न नदिनु नै राम्रो हुने बताउँदै स्वस्थ्य हुन हामी सबैले सरसफाइ, आहार विहार र व्यायममा ध्यान दिनुपर्ने बताए ।
उक्त शिविरबमा डा. ढकालले स्वास्थ्य शिविरमा परिक्षण गरेका विरामीहलाई बार्वर हेल्पिङ ह्याण्ड पोखरा ३० शिशुवामा १ महिना सम्म निशुल्क परामर्शका साथै स्वास्थ्य सेवा प्रदान गर्ने बताए ।


ङयोए तमु धिं लेखनाथ तथा संयुक्त गोरखा भू.पू. सैनिक क्लबका अध्यक्ष मेजर राम प्रसाद गुरुङले हामीले स्वस्थ जीवन यापन गर्न आहार विहार ध्यान दिंदै वरिपरिको वातावरण सफा राखनु पर्ने बताउँदै हामीले जानेका कुरा साना बालबालिका देखि ठला सबै जनालाई स्वास्थको महत्वको वारेमा सिकाउन जरुरी रहेको बताए ।
ङयोए तमु धिं लेखनाथका महासचिव काशिमायाँ गुरुङले सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा १२५ जनाले स्वास्थ लाभ लिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्