लेउवा संघको उम्मेद्ववारी दर्ता

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, भदौ ९ । आगामी भदौ २२ र २३ गते हुने लेखनाथ उद्योग वाणिज्य संघको २७ औं साधारण सभा तथा १४ औं महाधिवेशनका लागी शनिबार उम्मेद्ववारी दर्ता सम्पन्न भएको छ ।

विहान ११ बजेबाट दिउसो ३ बजेसम्म खुला गरिएको उम्मेद्वारी दर्तामा पदाधिकारी र सदस्य गरि विभिन्न १९ पद्को लागि जम्मा ३७ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।

संघको अध्यक्ष पदमा भरतकुमार अधिकारी र विनोद श्रेष्ठको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा र ऋषिराम जमरकट्टेलले उम्मेद्वारी दिएका छन ।

यस्तै प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला र उपेन्द्र राज सुबेदी, द्दित्तीय उपाध्यक्षमा बिक्रम कर्माचार्य र मेनुका श्रेष्ठ, महासचिवमा जानुका पराजुली अधीकारी र जीवन तिवारी, उपमहासचिवमा भरत राज ओझा र भिम बहादुर सार्की (काईला), कोषाध्यक्षमा ध्रुव वावु भट्टराई (आई.डी.) र पुष्पमणि भट्टराईले उम्मेद्वारी दिएका छन ।

संघको महिला सदस्यका लागि जमुना गिरि, प्रतीक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने र सुमित्रा बन्जाराले उम्मेद्वारी दर्ता गराएका छन ।

एसोसिएट तर्फको सदस्य पदमा भने प्रेम प्रसाद शर्माको मात्र उम्मेद्वारी परेकाले उनी निर्विरोध भएका छन । संस्थागत सदस्य पदका लागि विजय गुरुङ र कुल बहादुर रानाभाटको उम्मेद्वारी परेको छ।

कार्यसमिति सदस्यमा अर्जुन भण्डारी, भविन्द्र पुन (भविन), भरत थापा, भुवानीप्रसाद पौडेल, बिजय न्यौपाने (ई), बिन्दुचन्द्र बराल, बिरेन्द्र बानिया, बिरेन्द्र राज भुर्तेल, गंगा कुमारी मल्ल, हरि बस्ताकोटी, खेमराज बराल, कृष्ण प्रसाद सुवेदी, लक्ष्मी प्रसाद ढुङ्गाना (एल पि), राजन कल्याण वड्गामी, सुर्य प्रकाश ढुङ्गाना (एस पि) र टिकाराम सापकोटाले उम्मेद्वारी दिएका छन ।

बिहान १० ः ३० बजे देखि मनोनयन को फारम बितरण भएको र ११ बजे देखि अपराह्न ३ बजे सम्म उम्मेद्वारी दर्ताको कार्यक्रम रहेको थियो भने १२ गते मंगलवार सम्म दावी विरोधको लागि समय तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्