लेखनाथ फर्निचर संघको अध्यक्षमा रविन

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, ९ भदौ । लेखनाथ फर्निचर व्यवसायिक संघ कास्की पोखरा २७, तालचोकको ८ औ वार्षिक साधारण सभा एवं चौथो अधिविेशनले रविन सुनारलाई अध्यक्ष पदमा चयन गरेको छ ।
त्यसैगरी संस्थाको उपाध्यक्षमा सतेन्द्र कुमार दास, सचिवमा प्रताव ओझा, सह सचिवमा पवन पुन चयन भएका छन् भने सदस्यहरुमा योगेनद्र सुनार, रवि अर्याल अमृत माल र किरण भुजेल रहेका छन् ।
संघको चौथो अघिवेशनमा निर्वाचन मण्डलको संयोजमा कृष्ण सुनार, महेश्वर आर्चाय र नेत्र पुन रहेका थिए भने सल्लाकार समितिमा महेश्वर आर्चाय, दिल वहादुर सुनार, कृष्ण सुनार र नेत्र वहादुर पुन र लेखा समितिको संयोजकमा मनोज श्रेष्ठ चयन भएका हुन् ।
यस अघि कार्यक्रमको उद्धघाटन गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले ब्यवसायिक हक हितका लागि वस्तुगत संघ अन्तर्गत रहेक ब्यवसायिहरु संगठित हुर्दै ब्यवसायबाट आय आर्जन बढाउनका लागि अस्वस्थ प्रतिश्पर्धाबाट नभई गुणस्तरीय सेवालाई ध्यानमा राख्दै ै ब्यवसायी बन्नका लागि सवैमा अनुरोध गरेका थिए ।
लेखनाथ फर्निचर ब्यवसायि संघका अध्यक्ष यज्ञवहादुर गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा फर्निचर व्यवसायी संघका केन्द्रिय सदस्य प्रेमराज वस्यालले व्यवसाय उत्थान र प्रर्वद्धनका लागि झोले व्यपारी गिरोहलाई नियन्त्रण गरी काठ दाउराको कारोवार गर्दै आवस्यक कागज पत्र बनाएर मात्र कारोबार गर्न ब्यवसायीहरुलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा लेखनाथ हार्डवयेर यशोसियशनका अध्यक्ष ऋषिराम जमरकंटेल, निमार्ण व्यवसायी संघका अध्यक्ष भिमवहादुर नेपाली, लेखनाथ फर्निचर संघका सल्लाहकार, महेश्वर आर्चाय, डिलवहादुर सुनार, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव राजु सुवेदी, द्धितिय उपाध्यक्ष गोपीचन्द्र वास्तोला, संस्थापक अध्यक्ष नेत्र वहादुर पुन लगाएतले ब्यवसायीक एकताका बारेमा जोड दिएका थिए ।
लेखनाथ फर्निचर ब्यवसायि संघका सदस्य ईश्वर सुनारले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रविन सुनारले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्