लेउवा संघको निर्वाचनमा १७११ मत खस्यो

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशन अन्र्तगत शनिबार सम्पन्न मतदानमा १७११ मत खसेको छ । कुल १८ सय ६६ मतदाता मध्ये ९१.६९प्रतिशत मत खसेको हो ।

विहान ७ः०० वजे देखी शुरु भई साँझ ५ बजेसम्म चलेको मतदान कार्यक्रम शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । मतगणना कार्यक्रम आईतबार बिहान ७ः०० बजे देखि शुरु गरिने निर्वाचन आयुक्त खगेन्द्रराज आचार्यले जानकारी दिएका छन् ।

संघको अध्यक्ष पदका लागि भरतकुमार अधिकारी र विनोद श्रेष्ठले उम्मेदवारी दिएका थिए भने वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा र ऋषिराम जमरकट्टेलले उम्मेदवारी दिएका थिए । यस्तै प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला र उपेन्द्र राज सुबेदी, द्धित्तीय उपाध्यक्षमा बिक्रम कर्माचार्य र मेनुका श्रेष्ठ, महासचिवमा जानुका पराजुली अधिकारी र जीवन तिवारी, उपमहासचिवमा भरत राज ओझा र भिम बहादुर सार्की (काईला), कोषाध्यक्षमा ध्रुव वावु भट्टराई (आई. डी.) र पुष्पमणि भट्टराईको उम्मेदवारी रहेको थियो ।

संघको महिला सदस्यका लागि जमुना गिरी, प्रतीक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने र सुमित्रा बञ्जाराले उम्मेदवारी दर्ता गराएका थिए । एसोसिएट तर्फको सदस्य पदमा भने प्रेम प्रसाद शर्माको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भैसकेका छन् । संस्थागत सदस्य पदका लागि विजय गुरुङ र कुल बहादुर रानाभाटको उम्मेद्वारी परेको थियो ।

कार्यसमिति सदस्यमा अर्जुन भण्डारी, भविन्द्र पुन (भविन), भरत थापा, भुवानीप्रसाद पौडेल, बिजय न्यौपाने (ई), बिन्दुचन्द्र बराल, बिरेन्द्र बानिया, बिरेन्द्र राज भुर्तेल, गंगा कुमारी मल्ल, हरि बस्ताकोटी, खेमराज बराल, कृष्ण प्रसाद सुवेदी, लक्ष्मी प्रसाद ढुङ्गाना (एल पि), राजन कल्याण वड्गामी, सुर्य प्रकाश ढुङ्गाना (एस पि) र टिकाराम सापकोटाले उम्मेदवारी दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्