लेखनाथ सहकारीको सेयर पुजी सात करोड

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ,३०भदौ । लेखनाथ बचत तथा ऋण सहकारी सस्था पोखरा–२६ ले लक्ष्य अनुसार कै सेयर पुजी बृद्धि गरि छ करोड,९७लाख,एगार हजार नौ सय पु¥याउन सफल भएको छ ।

सस्थाको सनिवार सम्पन्न १५ औ बार्षिक साधारण सभामा प्रस्तुत भएको प्रतिवेदनमा गत वर्षको सेयर पुजी रकममा छ लाख ४६ हजार सात सयले बृद्धि भई चालु आर्थीक वर्ष २०८०/८१ मा एक हजार सात सय ६२जना सेयर सदस्यहरुबाट झण्डै सात करोड सेयर पुजी बनाउन सफल भएको जानकारी गराईएको हो ।

साथै सस्थाले विगतका वर्षमा भन्दा यो वर्ष जगेडा कोष,कर्जा जोखिम कोष र अन्य विभिन्न कोषहरुको रकममा पनि बृद्धि गरि छ करोड,१६ लाख,३५ हजार ६ सय ८६ पु¥याउन सफल भएको सस्थाका कोषाध्यक्ष शिवप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले सहकारीको क्षेत्रमा देखिएका कमि कमजोरीलाई सच्याएर आर्थीक पारदर्शीता कायम गर्नका लागि सेयर सदस्यहरुले सस्थामा निगरानी देखि सक्षम खालको कार्यसमिति चयन र दिगो खालको कार्ययोजना ल्याउनु पर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा जिल्ला सहकारी संघ कास्कीकी उपाध्यक्ष अम्विका आचार्य,सस्थापक अध्यक्ष नारायण प्रसाद वस्ताकोटी,नेप्सकुनका कार्यक्रम संयोजक मनोज खड्का, लेखनाथा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, जनप्रिय सहकारी सस्थाका अध्यक्ष रविन्द्रमोहन अधिकारी र लेखनाथ खानेपानी उपभोक्त सस्थाका अध्यक्ष मुरारी शर्मा,सेयर सदस्य ईन्दिरा लामिछाने र कार्यसमितिका सदस्य विष्णु कुमारी लामिछाने लगाएतले सहकारीलाई हेर्ने निगम्वक निकायको अभावका कारण सहकारीको क्षेत्रमा भ्रामक कुराहरु बाहिर आएको सुझाव राखेका थिए ।

सस्थाका अध्यक्ष हरिवहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव लेखनाथ सापकोटा र स्वागत मन्तव्य उपाध्यक्ष विश्वप्रकास वरालले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्