पोखरा ३० मोहोरीयमा कृषि सहकारी सञ्चालनमा

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
लेखनाथ, ४ असोज । पोखरा महानगरपालिका वडा नं.३० र ३१ को संगम स्थल मोहोरीयामा मोहोरीया कृषि सहकारी संस्था लिमिटेड सञ्चालनमा आएको छ ।
पोखरा महानगरपालिका सहकारी कार्यालयका प्रमुख  रविरमण  तिवारीले सहकारी सञ्चालकहरु सहकारीको निति नियमको बारेमा स्पष्टता हुनुपर्ने बताए । सहकारीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तिवारीले सञ्चालक सदस्यहरुको सहकार्यबाट मात्रै सहकारीलाइृ अगाडि बढाउन सकिने. बताउँदै तिवारीले सहकारी मार्फत सिप सिकाई, व्यवासायीकरण , क्षमता अभिवृद्धि गर्न आग्रह गरे ।
यसै गरी पोखरा ३० का वडा सदस्य बिनोद प्रसाद लामिछानेले सहकारीहरु सहकारीको निति, नियम र आफ्नो क्षेत्रभित्र रहेर कार्य गरेमा सहकारी सफल हुने बताउँदै सहकारीको उद्धेश्य अनुसार सहकारीलाई अगाडि बढाउन आग्रह गरे ।
सहकारीका अध्यक्ष अनन्त कंडेलले सहकारीले आर्थिक कारोबार सुरु गरेको जानकार िदिं)दै अहिले तत्कालीन अवस्थामा पोखरा ३० र ३१ लाई सहकारीको कार्य क्षेत्र बनाएर अगािड बड्ने बताए । हाल सहकारीमा ५० जना सदस्यहरु रहेको जानकारी दिंदै अगामी दिनमा सदस्य संख्यामा व्ृद्धि गर्दै यसको कार्य क्षेत्र पनि विस्तार गर्दै लैजाने बताए । े
सहकारी सञ्चालक समितिका सदस्य सागर लामिछानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका सचिव त्रिलोचन लामिछानेले गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्