प्राकृतिक स्रोत सुनका अण्डा हुन् ः मन्त्री थापा

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ,२०असोज । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले प्राकृतिक स्रोत र साधान सुनको अण्डा भएको बताएका छन् ।
कास्कीको रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी सस्थाको २२ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री थापाले हामीकोमा भएका प्राकृतिक स्रोत र साधानको उचित रुपमा संरक्षण गर्दै आय आर्जनमा जोडिन सक्ने हो भने मनज्ञ आम्दानी गर्न सकिने भएकाले यहाँ रहेका ताल तलैया,बन जंङगल र हिमालहरुलाई सुनको अण्डाका रुपमा लिन सकिने धारणा राखेका हुन् ।
यहाँका स्थानियवासीहरुले प्राकृतिक सम्पदाको संरक्षण गर्दै माछाबाट दिगो उत्पादन गर्दै आएकाले यो काम राज्यले गर्न सक्दैन तर यो सस्थाले माछा पालनका क्षेत्रमा देखाएको योगदानलाई मुक्तकण्ठले स्वागत गर्दै समयानुकुल नयाँ नयाँ योजनाका साथ अगाडी वढ्न पनि आग्रह गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव बिशाल घिमिरेले रुपातालको विकासका लागि संचालनमा रहेको परियोजनालाई सफल पारी यो क्षेत्रमा पर्यटकिय गतिविधी पनि बढाउने खालका योजना ल्याउन सकिने धारणा राखेका थिए भने रुपा गाउ पालिकाका अध्यक्ष नवराज ओझाले रुपातालको एकिकृत विकासका लागि गाउपालिका सहकार्य गरेर अगाडी वढ्न तयार रहको बिचार राखेका थिए ।
सोही अवसरमा एकिकृत रुपाताल संरक्षण तथा विकास परियोजना कार्यालयका प्रमुख कालि बहादुर शाहीले परियोजना सम्पन्न भएपछि रुपकै मुहार फेरिने भएकाले यसलाई निधारीत समयमा सम्पन्न गर्नका लागि स्थानिय स्तरबाट सहयोग र सहकार्य अनिवार्य भएको सुझाव राखेका थिए भने बेगनासताल मत्स्य अनुसन्धान केन्द्रका प्रमुख डा.इकवाल हुसेनले रुपातालको वातावरणीय अनुकुलताका कारण पनि यो तालमा माछाका लागि उपयुक्त वातावरण रहेको धारणा राखेका थिए ।
सस्थाका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका अधिकारी,साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष सोमलाल कडेल,सल्हकार संयोजक लेखनाथ ढकाल,सेयर सदस्य नरमाया गुरुङ लगाएतले आ आफनो धारणा राखेका थिए ।
सस्थाका सचिव विरेन्द्र ढकालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष शुशिला थापाले गरेकी थिईन भने धन्यवाद ज्ञापन आर्का उपाध्यक्ष पुर्ण बहादुर गुरुङले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्