साना किसान कृषि सहकारी माझठनाको १८ औं वार्षिक साधारण सभा

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
लेखनाथ, २७ असोज । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना सौर्य स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधार सभा शनिबार सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष एवम् सहकारीका संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछानेले आफू संस्थापक अध्यक्ष भएर सहकारी सञ्चालन गर्दाको अवस्थाको बारेमा चर्चा गर्दै शेयर सदस्यहरुको विश्वास , आपसी सद्भाव र सहयोगबाट नै विभिन्न समस्याका वावजुद पनि सहकारीको माध्यमबाट यस क्षेत्रको सामाजिक तथा आर्थिक विकास गर्न सम्भव भएको जिकिर गरे । कृषि सहकारीको शेयर सदस्य हुनमा गर्व गर्नुपर्ने बताउँदै कषि क्षेत्रमा वडाबाट धेरै कामहरु गरीएको दाबी गरे । आगामी दिनमा कृषि क्षेत्रसँग सम्बन्धि विविध क्षेत्रमा स्पष्ट कार्य योजना बनाएर वडामा पेश गर्न आग्रह गर्दै यसका लागि वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगर कषि विकास महाशाखाका प्रमुख मनोहर कडरियाले सहकारीले उत्पादन मुखी कार्यक्रम गरी बजारीकरणमा लाग्नुपर्ने बताउँदै शेयर सदस्यहरु उत्पादन मुखी भएर आत्मनिर्भर हुनुपर्ने बताए । आर्थिक समृद्धिको आधार उत्पदन नै भएको ठोकुवा गर्दै कडरियाले राज्यले गरेको लगानी अनुसारको प्रतिफल नभएको प्रति गुनासो पनि गरे । सरकारी लगानी अनुसारको क्षेत्रमा प्रतिफल आउने गरी कार्य गर्न शेयर सदस्यहरुलाई सुझाव दिए ।
यसै गरी साना किसान विकास लघु वित्त वित्तीय इलाका कार्यालयका प्रमुख विदुर अर्यालले सहकारी भनेको सबैको सहकार्यबाट नै सहकारीलाई अगाडि बढाउने सकिने बताउँदै सहकारीका समस्याहरु सबैले हातेमालो गर्दै समस्या समाधान गर्नुपर्नेमा जोड दिए । शेयर सदस्यहरु सहकारी प्रति जिम्मेवार भएको खण्डमा कृषकहरुले चाहे अनुसारको व्यवसाय गर्न सक्ने बताए ।
लेखा समितिका निवर्तमान संयोजक हरि बहादुर बुढाथोकीले कठिन परिस्थितीका बाबजुद पनि सहकारी सबल र सक्षम हुन सकेकोमा खुशी व्यक्त गर्दै समय सापेक्ष अनुसार पुँजीमा बुद्धि गर्दै सबैले अपनत्व हुने गरी सहकारीलाई अगाडि बढाउन सुझाव दिउका थिए ।
त्यस्तै सहकारीका पूर्व अध्यक्ष पदम प्रसाद पौडेल, पूर्व अध्यक्ष राधाकृष्ण तिवारी, सल्लाहकार इन्द्र बहादुर थापा, कषि सञ्जाल पोखरा २८का संयोजक चन्द्रकान्त तिवारी, शेयर सदस्यहरु लिला मोहन कुइँकेल, शुसिला आचार्य लगायतले सहकारीका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
सहकारीका अध्यक्ष इन्द्र प्रसाद जैसीले सहकारीको भावी योजना प्रस्तुत गर्दै सहकारीको सबल आन्तरिक स्रोतको रणनिती , सुशासन र रणनिती, कृषि उद्यमी तयार गर्ने रणनिती, सहकारीको सामाजिक उत्तरदायित्व, तरलताको व्यवस्थापन लगायतका विषयमा स्पष्ट पारेका दिए । सहकारीका उपाध्यक्ष सिताराम तिवारीले स्वागत गरेका थिए भने कार्य समितिका सदस्य अनिता भुर्तेलले सहकारीका सिद्धान्त वाचन गरेकी थिइन् ।
सहकारीका सचिव हिमलाल आचार्यले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष इन्द्र प्रसाद जैसीको अध्यक्षको प्रतिवेदन सहित भावी कार्यक्रम, कोषाध्यक्ष रामकृष्ण तिवारीद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक सोमलाल तिवारीद्धारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सर्वसहमतीले पास गरिएको सहकारीका सह सचिव विकल केसीले जानकारी दिए ।
वि.सं.२०६२मा स्थापन गरी वित्तीय कारोबार सञ्चालन गरीएको सहकारीमा हाल १ हजार १ सय ९९ सय शेयर सदस्यहरु रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्