लेखनाथमा बेकरी उद्योग संचालनमा

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ,१३ मंसिर । स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने उच्च मनोवलका साथ युवा ब्यवसायी निरन्जन तिमिल्सेनाले पोखरा –२६ को अधौैचोकमा आधुनिक खालको बेकरी उद्योग संचालनमा ल्याएका छन् ।

फुड एण्ड टेक्नोलोजीमा मास्टर सम्मको अध्यान पुरा गरेका तिमिल्सेनाले रोजगारीको लागि विदेशीनु भन्दा आफनै जन्मभुमीमा केही गरौ भन्दै करिव ७० लाखको लागतमा अल्पाइन फुड एण्ड बेभरेज इण्डष्ट्रिज संचालनमा ल्याएका हुन् ।

आफुले अध्यान गरेको विषयलाई प्रयोगमा ल्याएर स्वदेशमा नै केही गरौ भन्ने भावनाले नयाँ प्रविधिको प्रयोग गर्दै गुणस्थरीय र स्वस्थबर्धक उत्पादनलाई प्रथामिकतामा दिदै बुधवार देखि उद्योग संचालनमा ल्याएका हुन् ।

उद्योगको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले उच्च शिक्षाका नाममा युवा पुस्ता वाहिरी रहेको अवस्थामा स्वदेशमा नै केही गरौ भन्ने भावनाले अगाडी वढेका युवाहरुलाई स्थानिय सरकारबाट सहयोग र साथ रहिरहने विश्वास ब्यत्त गर्दै गुणस्तरीयतालाई पहिलो प्रथामिकतामा राखेर काम गर्न अनुरोध गरेका थिए ।

सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले विदेशिने युवालाई स्वदेशमा नै कसरी रोक्न सकिन्छ भन्ने बारेमा संघ चिन्तसिल भएकाले नाफा कम राखेर विक्रि धेरै गर्ने योजनाका साथ अगाडी वढ्नु पर्ने सुझाव राखेका थिए ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष सुमनमोहन भट्टराईले व्राण्ड र गुणस्तरीयतालाई पहिलो प्रथामिकतामा राखेर उत्पादनसगै बजारीकरणलाई ब्यवस्थीत तरिकाले अगाडी वढाउदै अन्य युवाहरुका लागि पनि उदाहरणीय बनेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।

उद्योगका संचालक निरन्जन तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगका संरक्षक तथा लेखनाथ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय र संचालक नवराज तिवारी लगाएतले उद्योगमा नयाँ प्रविधीको प्रयोग गरि कम जनशत्तिमा गुणस्तरीय सामाग्री उत्पादन गर्न सकिने बताएका थिए । उद्योगबाट बेकरी,बिभिन्न किसिमका केक,पप तथा कुकिज लगाएतका बस्तुहरु उत्पादन गर्न सकिने बताईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्