विजपुर सिंचाई प्रणालीमा पुरानै कार्यसमितिलाई निरन्तरता

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, ४ पुस । पोखरा महानगरपालिका वडा नं. २६,२७,२९ र ३० का कृर्षी योग्य जमिनमा सिंचाईको ब्यवस्थापन गर्दै आएको विजयपुर सिंचाई प्रणाली जल उपभोक्ता सस्थाको २३ औ बार्षिक साधारण सभा तथा १० औं अधिवेशनले ठाकुर प्रसाद ढुगाना अध्यक्ष रहेको समितिलाई निरन्तरता दिएको छ ।
साविक लेखनाथ क्षेत्रका कृषि योग्य फाँटहरुमा ब्यवस्थीत सिंचाईको आवस्यकाता लागि पहल गर्ने गरि गठित वर्तमान कार्यसमितिलाई कामको अनुभव भएको र समावेसी टीम समेत भएको भन्दै ठाकुर प्रसाद ढुगाना अध्यक्ष रहने गरि छ सदस्यी कार्यसमिति र वाकी सात सदस्य बिभिन्न साखा समितिबाट मनोनित हुने गरि नयाँ समिति चयन गरिएको हो ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा क्याप्टेन गणेश प्रसाद गुरुङ,सचिवमा धर्मदत्त वराल,कोषाध्यक्षमा ईन्द्र बहादुर गुरुङ, सह सचिवमा मनमाया लामा र महिला सदस्यमा कृष्ण कुमारी शर्मा रहेको निर्वचन समितिका संयोजक रङ्गनाथ तिमिल्सेनाले जानकारी दिएका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख रमेशराज शर्माले सिंचाई कृर्षि उत्पादन वढाउन र किसानहरुसँग जोडिएको कार्यलय भए पनि राज्यको उपल्लो तहले कम चासो देखाउदा प्रथामिकता नपरेको गुनासो राख्दै सिंचाई डिभिजन कार्यालयले रातो कितावमा परेको वजेट बाहेक अन्य शिर्षकबाट खर्च गर्न नपाउने भएकोले राज्यले सकभर सिंचाईको ब्यवस्थापन उपभोत्ता समितिलाई नै दिने गरि कार्ययोजना अगाडी सार्न लागेको धारणा राखेका थिए ।
कार्यक्रममा सस्थाका निर्वतमान अध्यक्ष प्रयागराज भण्डारीले नहर कुलाका विषयमा राज्यका तिनै तहको सरकार मौन रहेकाले यसै वर्ष भित्र मुख्म मुहान बिजयपुर देखि बिजयपुर ब्यारेकसम्मको नहरको भागलाई ब्यवस्थीत गर्न नसक्ने हो भने अवको वर्षमा ठुलो संकट आउने तर्फ संकेत गरेका थिए ।
साथै उनले नहर कुलोलाई राज्यको तर्फ ब्यवारिसे बनाए कै कारण कुलो मिच्न बाटो बनाउने,नहरलाई फोहोरको नाला बनाउने र जग्गा धनीले पानी पोत नदिने जस्ता समस्यका कारण किसानका कुरा सुन्ने कुन निकाय हो त्यसको खोजी गर्नका लागि सवैमा अनुरोध गरेका थिए ।
विजयपुर सिंचाई प्रणाली जल उपभोक्ता सस्थाका अध्यक्ष ठाकुर प्रसाद ढुगाना अध्यक्षतामा भएको कार्यक्रममा फेवा सेती जल उपभोत्ता सस्थका अध्यक्ष वलराम कुवँर,पोखरा महानगरपालिका वडा नं २६ का वडासदस्य तिर्थ बहादुर राजभाट,वेगनास ताल सिंचाई प्रणाली जल उपभोत्ता सस्थाका अध्यक्ष पुष्पराज भण्डारी,सम्पुर्ण उपभोत्ताहरुको तर्फबाट तारा गुरुङ,जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुगाना र साखा नहर समितिको तर्फबाट भीमप्रसाद लामिछाने लगाएतले सिंचाईको दयनिय अवस्थाका वारेमा राज्य तहको ध्यान जानु पर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा उत्कृष्ठ चार जना ब्यवसायीक किसान र सस्थामा लामो समय देखि काम गर्दै कर्मचारीहरुलाई सन्मान गरिएको थियो । उत्त सिंचाई प्रणालीले साविक लेखनाथका मुख्य मुख्य कृर्षि फाँटको करिव १२८० हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्