विधिवत रुपमा दसैं सुरु, आज घटस्थापना

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

असोज २४ ।
वडा दसैंको पहिलो दिन आज बुधबार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरेर घटस्थापना गरिएको छ । गोरखाको ऐतिहासीक गोरखा दरबारमा विधिपूर्वक पुजा गरेर ७स्१५ को उत्तम साइतमा जमरा राखियो । घडी पला अनुसार उत्तम साइतमा भगवति कालिकाको जमरा कोठामा जमरा राख्यौँ,’ गोरखा दरबार हेरचाह अड्डका रामेश्वर कट्टेलले भने। जमरा राखेपछि १५ दिन सम्म विषेश पुजा हुने गोरखा दरबारका पुजारी प्रदिप योगीले बताए। ‘समान्य र विशेष दुईवटा पुजा गर्नुपर्छ,’ उनले भने।

गोरखा कालिका मन्दिरको जमरा कोठामा चार पाथी र गुरु गोरखनाथको गुफामा एक पाथी जौको जमरा राखीएको कट्टेलले बताए। गोरखा दरबारमा आज बाट नियमीत बली पनि चढ्छ। ‘भत्तजनले ल्याएको त यसै चढ्ने भइहाल्यो हामी प्रतिपदाबाट सप्तमी सम्म प्रत्येक दिन सरकारी बली दिन्छौँ,’ उनले भने। दसैं भरीमा ३२ बोका, १२ भेडा, १५ रागो १ सतार र पाँच वटा सुगुर बलीमा चढ्ने कट्टेलले बताए। राजसंस्था हुँदाको समयमा दसैंमा मात्र यहाँ १ सय ४० को संख्यामा बली चढाइने गरिन्थ्यो।

राजसंस्था हटेर गणतन्त्र आएपछि यहाँ दिने बलीको संख्यामा कटौती गरिएको हो। अहिले तत्काललाई समस्या टार्न पुरानै ठेकेदारलाई बलीको बोका, रागो र सुगुर ल्याउन अनुरोध गरेर भरथेग गरिएको उनले बताए। अघिल्लो वर्ष एक वर्षका लागी पुजा संचालन गर्न १५ लाख आएपनि यस वर्ष वर्षभरीका लागी १२ लाख रुपैयाँ मात्र आएको छ।
गोरखा हरमटारीमा जारी दसैं सस्तो मेला परिसरमा पनि नवदुर्गा पुजा शुरु भएको छ। नवदुर्गाको मूर्ति स्थापना गरेर पुजाको व्यवस्था मिलाइएको चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्