राईजिङ स्टार युथ क्लबद्धारा लक्ष्मी माविमा लागुऔषध सचेतना

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा २९ माघ ।
पोखरा २६ को लक्ष्मी माध्यमिक बिद्यालयमा मंगलवार लागुऔषध सचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा २७ को राईजिङ स्टार युथ क्लबको आयोजना, लागुऔषध नियन्त्रण ब्युरो पोखराको समन्वय तथा लक्ष्मी माध्यमिकविद्यालयको व्यबस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।

लागुऔषध सचेतना कार्यक्रम मंगलबार लक्ष्मी माध्यमिक विद्यालयका ११ र १२ का ७० जना विध्यार्थीहरुलाई प्र. ना. नि. विधाधर त्रिपाठी र प्रहरी जवान रामजी लम्सालले सहजीकरण गरेका थिए । सचेतना कार्यक्रममा लक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक ठाकुरप्रसाद घिमिरे ,राईजिङ स्टार युथ क्लबका अध्यक्ष बिष्णु गुरुङ्ग , शिक्षकहरु सुर्य न्यौपाने बिष्णुहरि पौडेल र किरण राज पौडेलले विध्यार्थीहरुलाई आफूले सिकेका कुरा समाज परिवर्तनका लागि प्रयोग गर्न आग्रह गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्