लायन्स क्लब अफ लेखनाथ गार्डेनसीटीद्धारा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट

पोखरा, २६ फागुन । लायन्स क्लव अफ लेखनाथ गार्डेन सिटीको आयोजनामा शनिवार रुपा गाउँपालिकाको वडा नं. ६ भिरचोकमा आयोजित बृहत स्वास्थ्य शिविरमा तीनसय १५ जनाले स्वास्थ्य जाँच गरेका छन् । पाँच जना बरिष्ठ चिकित्सक सहित २४ जनाको स्वास्थ्यकर्मी सहितको टोलीले रुपा गाउँपालिकाका विभिन्न वडाबाट आएका वासिन्दाको स्वास्थ्य परिक्षण गरी निशुल्क औषधी बितरण गरेको क्लवका अध्यक्ष नबराज सापकोटाले जानकारी दिए । बालरोग, हाडजोर्नी, जनरल फिजिसियन, प्रसुती रोग विषेशज्ञहरु डा.सन्तोष वानिया, डा. विजय रानाभाट, डा.पुरुषोत्तम पराजुली, डा. चन्दन गुप्ता र डा.रन्जित यादवले विरामीको स्वास्थ्य परिक्षण गरेका थिए ।

क्लवले आयोजना गरेको शिविरमा झण्डै पाँच लाख रुपैया बराबरको औषधी बितरण गरेको क्लवका द्धितिय उपाध्यक्ष एवं स्वास्थ्य शिविरका संयोजक बालकृष्ण लामिछानेले जानकारी दिए । उनले स्वास्थ्य शिविरमा निशुल्क बितरण गरेर बाँकी रहेको औषधी रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा मार्फत रुपाकोट स्वास्थ्य चौकीका प्रमुख देवीचन्द्र थापालाई हस्तान्तरण गरेको बताए ।

यसअघि शिविरको शुभारंभ गर्दै, कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ वि १ का रिजन चियर पर्सन माधव पौडेलले क्लवका सदस्यहरुले पकेट खर्च कटाएर विकट क्षेत्रमा सामाजिक कृयाकलाप गर्दै आइरहेको बताए । उनले लायन्स क्लव अफ लेखनाथ गार्डेन सिटीले लेखनाथ क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत रुपा गाउँपालिकाका नागरिकमा स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै प्रसंसा गरे ।शिविरको समापन कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले राज्यले मात्र सवै नागरिकको सेवामा पहुच पुर्याउन नसक्ने उल्लेख गर्दै, विभिन्न संघ संस्थाको सहकार्य हुनु पर्नेमा जोड दिए ।

क्लवका अध्यक्ष नवराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाउँ पालिका वडा नंं ६ का अध्यक्ष नारायण गुरुङ्क, डा.सन्तोष बानिया, धु्रव तारा क्लवका अध्यक्ष प्रेम कुमार खड्का, सचिव मोहम्द मियाँ, क्लवका द्धितिय उपाध्यक्ष एवं स्वास्थ्य शिविरका संयोजक बालकृष्ण लामिछाने, क्लवका संस्थापक अध्यक्ष भरत कुमार अधिकारी, लायन्स क्लव अफ पोखरा सेन्ट्रल चौतारीका अध्यक्ष विशाल सुवेदी, सदस्य नारायण पराजुली लगायतले स्वास्थ्य शिविरका विषयमा बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्