क्षत्रशक्ति बचत तथा ऋण सहकारी संस्थाको सरसफाइ

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, १९ चैत ।
पोखरा महानगरपालिका २७ तालचोक स्थित क्षत्रशक्ति बचत तथा ऋण सहकारी संस्थाले सरसफाइ कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । विभिन्न सामाजिक कार्यमा सक्रिय सहभागीता जनाउँदै आएको सहकारीले ६२ औं सहकारी दिवसको पूर्व सन्ध्यामा आफ्नो कार्यालयको परिसरबाभट सरसफाइ सुरु गरेको हो ।

पृथ्वि राजमार्ग अन्तर्गत तालचोकको दायाँ वायाँ किनारमा रहेको फोहोर मैला संकलन गरी व्यवस्थापन गरिएको सहकारीका अध्यक्ष इन्द्र बहादुर थापाले जानकारी दिए । कार्यक्रममा आफ्नो टोलको क्षेत्रमा आफैले सरसफाइ गरी सभ्यताको परिचय दिन सम्पूर्ण स्थानियवासीलाइ अध्यक्ष थापाले आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्