तालचोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, २२ चैत । लेखनाथ सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा पोखरा–२७ डाँडाको नाकको आयोजना र पोखरा रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले पहिलो रक्तदाता लेखनाथ सामुदायीक सेवा केन्द्रका अध्यक्ष रमेश ओझालाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले ब्लड बैंकहरुमा रगतको अभाव भईरहेको समयमा आयोजना गरिएको रक्तदान कार्यक्रम अत्यन्तै प्रशंसनीय रहेको वताउँदै आगामी दिनहरुमा पनि यस किसिमका सामाजीक कार्यहरुलाई निरन्तरता दिन सेवा केन्द्रलाइ आग्रह गरेका थिए ।
समाजलाई विकृती र विसंगती रहित बनाउन सामुदायीक सेवा केन्द्रको भुमीका महत्वपुर्ण रहेको र यसमा समाजका सवै वर्ग समुदायले सदैव साथ दिनुपर्ने कुरामा पनि प्रमुख अतिथी रानाले जोड दिएका थिए । उनले वर्षाको वावजुद पनि कार्यक्रममा उल्लेख्य रुपमा सहभागि भई रक्तदान गरेकोमा सम्पुर्ण रक्तदाताहरुप्रती पनि धन्यवाद व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा–२७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङ, वडा नं.–३० का अध्यक्ष श्रीराम पोख्रेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी, आयोजक संस्थाका सल्लाहकार टिकाराम पँगेनी, लायन्स क्लव अफ लेखनाथ सिटिका अध्यक्ष रुद्ररमण रेग्मी लगायतले रक्तदानको वारेमा बोलेका थिए ।
७३ युनिट रगत संकलन भएको कार्यक्रममा सेवा केन्द्रका अध्यक्ष रमेश ओझाले रक्तदान गर्ने सम्पुर्ण रक्तदाता र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्ण संघ संस्था एवम् रक्तदाताहरु प्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सेवा केन्द्रले गर्ने विभिन्न सामाजिक कार्यक्रममा सहयोग गर्न सबैमा आग्रह गरेका थिए ।
कार्यक्रम संयोजक कृष्णप्रसाद अधिकारीले स्वागत गरेका थिए भने सेवा केन्द्रका सचिव त्रिलोचन लामिछानेले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्