माझठानामा वृहत निशुल्क स्वास्थ्यसिविर सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
माझठाना, २३ चैत ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकर स्थित रत्न शोभा माविमा निशुल्क वृहत स्वास्थ्य सिबिर सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा संगम र लायन्स क्लब अफ पोखरा पिस सिभिकको संयुक्त आयोजना तथा रत्न शोभा माविको व्यवस्थापनमा सम्पन्न भएको निशुल्क स्वास्थ्य सिविरमा ९ सय ४४ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । कार्यक्रममा आँखा, नाक , कान, घाँटी, दाँत, मधुमेय लगाएतका रोगको परिक्षक्षण गरिएको थियो भने १५० जनालाइ चस्मा वितरण गरिएको थियो । स्वास्थ्य सिविरमा विजी अस्पताल, कास्की सेवा अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, हिमालय आँखा अस्पताल, पोखरा इ एन पि सेन्टर , माझठाना स्वास्थ्य चौकी का डाक्टर तथा नर्सहरुले स्वास्थ्य परिक्षण गरेका थिए भने माझठाना पोखरा सम्पर्क समाजले सो कार्यक्रममा सहयोग गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व मल्टिपल काउन्सिल चियर पर्सन दिपक श्रेष्ठले संयुक्त रुपमा वृहत निशुल्क स्वास्थ्य सिविरको आयोजना गरेकोमा क्बलहरुलाइ धन्यवाद दिंदै जहाँ आवश्यकता , त्यहाँ लायन भन्ने भनाइलाइ लायन्स क्लबहरुले व्यवहारमा देखाएकोमा खुशी व्यक्त गरे । वडा सदस्य विष्णु प्रसाद तिवारी, प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकी लगाएतले विद्यालयमा स्वास्थ्य सिविर कार्यक्रमको आयोजना गरेकोमा धन्यवदा दिएका थिए । यसै गरी जोन चियर पर्सन पवित्र राज तिवारीले स्वागत गरेका थिए । रिजन चियर पर्सन लिला भट्टराइले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सन्चालन लायन्स क्लब अफ पोखरा संगमका सचिव भोला नाथ ओझाले गरेका थिए । लायन्स क्बल अफ पोखरा सिभिकका अध्यक्ष थानेश्वर तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन लायन्स क्लब अफ पिस सिभिकका तृतिय उपाध्यक्ष रामकृष्ण तिवारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्