६५ औं हप्ता वेगनासताल बृहत सफाई अभियान सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

६५ औं हप्ता वेगनासताल बृहत सफाई अभियान सम्पन्न
ऋषिराम रानाभाट ।
बेगनासताल, २० अषाढ ।
पोखरा महानगरापलिका वडा नं.३१ बेगनासतालमा रहेको वेगनास युवा क्लबले ६५ औं हप्ताको वृहत वेगनासतल सरसफाइ अभियान सम्पन्न गरेको छ । कार्यक्रममा क्लबका पदाधिकारीहरु एवम् सदस्यहरु, विभिन्न सामाजिक संघ संस्थाहरु, सामाजिक अभियान्ताहरु, सुरक्षा निकाय लगाएतको उपस्थिति रहेका थियो ।

वेगनासताल डयाम साइड, नहर क्षेत्र तथा वेगनासताल वस पार्कमा रहेको फोहोर मैलालाइ संकलन गरी सड्ने र नसड्ने गरी वर्गिकरण गरि व्यवस्थापन गरिएको क्लबका अध्यक्ष एवम् सामाजिक अभियन्ता राम रानाभाभटले जानकारी दिए ।

यस अधि कार्यक्रममा क्लबका अध्यक्ष राम रानाभाटले क्लबले वेगनासताल क्षेत्रलाइ फोहोर मैला मुक्त क्षेत्र बनाउने अभिायनमा लागेको सुनाउँदै जति मानिसमा चेतना हुनु पर्ने सो नभएको प्रति गुनासो व्यक्त गर्दै सरसफाइ अभियानमा आफ्नो कुनै पनि स्वार्थ नराखी निस्वार्थ भावनाले अभिायन सञ्चालन गरेका पनि बताए । वृहत वेगनासताल सरसफाइ अभिायन निरन्तर रुपमा अघि बढ्ने क्लबका सचिव रोशन खनालले बताउँदै आगामी दिनमा पनि सहयोग गर्न सबै सामाजिक संघ संस्थाहरु, सामाजिक अभियनताहरुलाइ आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्