६६ औं हप्ताको वेगनासताल बृहत् सफाई अभियान सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
वेगनासताल साउन ५ ।
२०७४ माघ २० गते देखि अनवरत रुपमा सञ्चालन भइरहेको वेगनासताल बृहत् सफाई अभियानको ६६ औं हप्ता सम्पन्न भएको छ ।
६६ औं हप्ताको वेगनासताल वृहत सरसफाइ अभियानमा वेगनासतालमा रहेको जलकुम्भि निकाली व्यवस्थापन गरिनुका साथै नहरको दायाँ वायाँमा रहेको फोहोर मैला संकलन गरी व्यवस्थापन गरिएको क्लबका अध्यक्ष राम रानाभाटले जानकारी दिए। विभिन्न स्थानिय सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले वेगनास युवा क्लबले वातावरणिय क्षेत्रमा उदाहरणि काम गरेको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग गर्ने बताएका थिए ।
अभियानमा उपस्थित भएर सहयोग गर्ने सम्पूर्ण सामाजिक अभियान्ताहरु प्रति क्लबका अध्यक्ष रानाभाभटले धन्यवाद दिंदै आगामी दिनमा पनि क्लबले अझै यस अभियानलाइ अझ प्रभावकारी बनाउँदै अगाडि बढ्ने बताउँदै सहयोगका लागि आग्रह समेत गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्