लायन्स क्लव अफ लेखनाथद्धारा बृक्षारोपण

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, ८साउन ।
लायन्स क्लव अफ लेखनाथले क्षारोपण कार्यक्रम सम्पनन गरेको छ । क्लवले बुधवार आफनो घर, आगन तथा सार्वजानीक स्थानमा बृक्षारोपण गरि वातावरण सन्तुलनमा सहयोग पु¥याउ भन्दै पोखरा ३० को खुदिमा रहेको त्रिभुवन शान्ति मावि परिसरमा बृक्षारोपण कार्य सम्पन्न गरेको हो । आफनो घर आगनलाई सदैव सफा राखौं स्वच्छ वातारणका लागि हरियाली वनाऔं भन्ने माहान लक्ष्यका साथ सुरु भएको कार्यक्रममा बोल्दै लायन्स क्लव डिष्ट्रिक ३२५ वी १ नेपालका क्याविनेट सचिव विनोद ढुगानाले विरुवा लगाउनु मात्र ठुलो कुरा नभई भएका विरुवा गोडमेल र संरक्षणलाई पहिलो प्रथामिकतामा राख्नु पर्ने सुझाव राखेका थिए ।
लायन्स क्लव अफ लेखनाथका अध्यक्ष बुद्धिप्रसाद बास्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा डिष्ट्रक विभागिय प्रमुख शैलेन्द्रमोहन भटराई, वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेल, त्रिभुवन शान्ति मावि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपिराज पौडेल, जोन चियर प्रसन गणेश प्रसाद ढुगाना लगाएतले लायन्स क्लवले अव बृक्षारोपणलाई भन्दा पनि यस भन्दा अगाडी विभिन्न ठाँउमा लगाईएका विरुवाको संरक्षणका लागि विरुवा गोडमेलको अभियान चलाउनु पर्ने सुझाव राखेका थिए भने क्लबका सचिव कृष्ण प्रसाद अधिकारी कार्यक्रम सन्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्