तालचोकमा वृहत सरसफाइ कार्यक्रम

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट ।
लेखनाथ, साउन १८ ।
पोखरा महानगरपालिका वडा नं.२७ तालचोकमा वृहत सरसफाइ कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ लेखनाथ, लायन्स क्लब अफ लेखनाथ सिमसार, लान्स क्लब अफ लेखनाथ मेट्रोसिटी, लायन्स क्लब अफ लेखनाथ बैंकर्स, कञ्चन स्वच्छ वातावरण समितिको संयुक्त आयोजनामा तालचोकको ३०० मिटर वरपर सरसफाइ गरिएको हो ।

यस अघि लायान्स क्लब अन्तराष्ट्रि डिष्ट्रिक ३२५ वी १ का रक्तदान विभागिय प्रमुख शैलेन्द्र मोहन भट्टराइले कञ्चन स्वच्छ वातावरण समितिका अध्यक्ष मिना गुरुङलाइ ग्लोभ हस्तान्तरण गर्दै आफ्नो टोलको वातावरण स्वच्छ राख्न स्थानियहरुमा आग्रह गरे । डिष्ट्रिकका ए ओ जी राजेन्द्र ओझाको उपस्थिति रहेको कार्यक्रम लायन्स क्लब अफ लेखनाथका अध्यक्ष वुद्धि प्रसाद बास्तोलाको अध्यक्षमा भएको सरसफाइ कार्यक्रममा फोहोर मैला संकलन गरी व्यवस्थापन गरिएको वास्तोलाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्