वेगनास युवा क्लबको ६८ औं , राईजिङ स्टार युथ क्लबको ५२ औं हप्ताको सरसफाई सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट ।
लेखनाथ, १८ साउन ।
पोखरा ३१ बेगनसातालमा रहेको वेगनास युवा क्लबको वेगनासताल बृहत सफाई अभियानको ६८ औं हप्ता सम्पन्न भएको छ । क्लबका अध्यक्ष एवम् सरसफाइका अभियान्ता राम रानाभाटको नेतृतवमा वेगनासतालमा रहेको जलकुम्भि निकालिएको थियो । त्यसतै गरी तालको डयामसाइड वरिपरि , नहरको दायाँ वायाँ किनारमा रहेको फोहोर मैला संकलन गरी व्यवस्थापन गरीएको क्लबका अध्यक्ष रानाभाटले जानकारी गराए । २०७४ माघ देखि शुरु गरिएको सरसफाइ अभियान ६८ औं हप्ता सम्म आइपुग्दा स्थानिय विभिन्न सामाजिक संघ संस्थाहरु, क्लबका पदाधिकारीहरु, सुरक्षा निकाय, छिमेकी वडाका महिला समूहहरु, टोल विकास संस्थाहरु, युवा क्लबहरु लगाएतकाले सहयोग गरेकोमा अध्यक्ष रानाभाटले धन्यवाद दिंदै समाजमा स्वच्छ वातावरण कायम राख्नका लागि क्लबले सचेतना कार्यक्रम एउटा अभियानका रुपमा सन्चालन गरेको जानकारी दिए ।

यसै गरी पोखरा महानगरपालिका वडा नं.२७ मा रहेको राईजिङ स्टार युथ क्लबको ५२ औ हप्ताको सरसफाई अभियान सम्पन्न भएको छ । खेलकुद क्षेत्र तथा समाजका विकृति तथा विसंगती विरुद्ध सचेतना कार्यक्रम गर्दै अगाडि बढेको क्लबले शनिवार ५२ औं हप्ताको सरसफाइ अभिायन सम्पन्न गरेको हो । सरसफाइका अभियन्ता एवम् क्लबका अध्यक्ष विष्णु प्रसाद गुरुङको नेतृत्वमा विभिन्न सामाजिक संघ संस्थाहरु, क्लबका पदाधिकारीहरु लगाएतको सहभागितामा पोखरा महानगरपालिका २७ रिठेपानीमा फोहोरमैला संकलन गरि व्यवस्थापन गरिएको क्लबका अध्यक्ष गुरुङले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्