सामुदायिक प्रहरी साझेदार विद्यालय बैठकद्धारा वार्षिक कार्ययोजना तय

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
माझठाना, साउन २८ ।
सामुदायिक प्रहरी साझेदार विद्यालय बैठकले वार्षिक कार्ययोजना तय गरेको छ । पोखरा महानगरपालिका वडा नं.२८ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा कालिका अन्तर्गत समुदाय प्रहरी साझेदारी विद्यालय सम्पर्क बैठकले आर्थिक वर्ष २०७६÷७७ मा गरिने वार्षिक कार्ययोजना तय गरेको हो ।

समुदाय प्रहरी साझेदारी विद्यालय सम्पर्क समितिका संयोजक एवम् रत्न शोभा माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले हामी सबैको हातमालो बाट मात्रै समाजमा भएका विकृति र विसंगती हटाउन सम्भब हुने बताउँदै सोही अनुसार आगामी दिनमा गरिने सचेतनामुलक कार्य गर्न सबैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

यसै गरी सदस्य सचिव एवम् सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा कालिकाका प्रमुख श्रीराम रानाभाटले सेवा केन्द्रले समाजका भएका विकृति र विसंगती विरुद्ध विभिन्न सचेतना कार्यक्रम गर्दै आएको बताउँदे यस आर्थिक वर्षम ागर्न सकिने वाषिर्क कार्ययोजना मार्फत समाजमा भएको लागु पदार्थ एवम् दुव्र्यसनी हटाइ सभ्य समाज निर्माण गर्नु पर्ने बताए ।

बैठकले यस आर्थिक वर्षमा लागु पदार्थ तथा दुव्र्येसनी सम्बन्धि प्रशिक्षण कार्यक्रम गर्ने, साइबर अपराध सम्बन्धि प्रशिक्षण गर्ने, विद्यालयमा प्रार्थानाको समयमा लागु पदार्थ तथा दुव्र्येसनीका वारेमा विद्यार्थीलाइ सचेत गराउने, प्लेकार्ड सहित ¥याली सहित सडक नाटक मार्फत समाजमा सचेतना जगाउने जस्ता कार्यक्रमहरु तय गरेको छ । यसै गरी बैठकले समितिको सदस्यमा रिक्त रहेको पदमा शिक्षक भेषराज सुवदी र शिक्षक उदयराज ओझालाइ सर्वसम्मत रुपमा पदपूर्ति गर्ने निर्णसमेत गरेको थियो भने समितिका संयोजक गोपाल बहादुर बुढाथोकीको अध्यक्षमा बैठक सम्पन्न भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्