वेगनासताल वृहत सरसफाइ ७० औं हप्ताको सृंखला सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
लेखनाथ, साउन ३२ ।
पोखरा महानरपालिका वडा नं.३१ वेगनासतालमा रहेको वेगनास युवा क्लबले सञ्चालन गर्दै आएको वृहत वेगनासताल सरसफाइको ७० औं सृंखला शनिवार सम्पन्न भएको छ । विभिन्न सामाजिक तथा मानविय सेवाका कार्यमा सक्रिय रहँदै आएको क्लबले सन्चालन गरिरहेको सरसफाइ अभियानमा विभिन्न सामाजिक संघ संस्थाहरुले सहयोग गर्ने क्रम जारी रहेको छ ।


७० औं हप्ताको सृंखलामा सेन्चुरी कमर्सियल बैंकले फोहोर मैला संकलन गर्ने डस्टविन, डोको, पन्जा एक कार्यक्रमका विच बैंकका गण्डकी प्रदेश प्रमुख शेखरा राज बस्तोकोटी र क्षेत्रिय साहयक व्वस्थापक रमेश बञ्जराले संयुक्त रुपमा क्लबका अध्यक्ष राम रानाभाटलाइ हस्तान्तरण गरे । कार्यक्रममा शाकाहारी समाज पोखरा महानगर समितिका संयोजक राम मणी अधिकारी,लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष क्षत्रधर आत्रेय लगाएतले क्लबले सन्चालन गरेको वृहत सरसफाइ अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसै गरी स्थानिय विभिन्न सामाजिक संघ संस्थाहरु, धार्मिक संघ संस्थाहरु ,टोल विकास संस्थाहरु, आमा समुह हरु , पोखरा २७ मा रहेको राइजिङ स्टा युथ क्लबको उपस्थितिमा वेगनासताल मन्दरे पार्कमा सरसफाइ गरीएको क्लबका अध्यक्ष राम रानाभाटले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्