वेगनासताल किनारमा महाआरती गरिने

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट ।
लेखनाथ, साउन ३२ ।
पर्यटकीय दृष्टिकोणले प्रचुर संभावना बोकेको पोखरा शहरको पुर्ववर्ती भागमा रहेको वेगनासमा आन्तरिक तथा बाह्यि पर्यटनमा प्रर्वधनमा सहयोग पुग्ने उदेस्यले भदौं १ गते आईतवार सांझ ६ बजे पोखरा महानगरपालिका वडा नं.३१ बेगनासताल स्थित मन्दरेपार्कमा महाआरती गरिने भएको छ।
नेपालकै तेश्रो ठूलो ताल वेगनासताललाई धार्मिक क्षेत्रमा समेत अगाडी वढाउने उद्देश्यले हरेक महिनाको पहिलो दिन अर्थात सक्रान्तिको दिन शाकाहारी समाज पोखरा महानगर समितिको समन्वयमा महाआरती गर्न लागिएको हो ।
शाकाहारी समाज पोखरा महानगर अध्यक्ष राममणी अधिकारीले वेगनास क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन तथा पुर्वीय मूल्य मान्यताको संरक्षण गर्ने उद्देश्यले ताल किनारमा पहिलो पटक महाआरती संचालन गर्न लागेको जानकारी दिएका छन्। उनले भने पोखराको फेवाताल किनार, विन्ध्यवासिनी, ढुंगेसांघु र गुप्तेश्वरमा गरिदै आएको महाआरती अब देखि वेगनास किनारमा पनि हुन लागेपछि यस क्षेत्रका धर्मालम्वीहरुले खुसि ब्यक्त गरेको शाकाहारी समाजका सदस्य कृष्ण प्रसाद ढुङ्गानाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्