भारतीय र पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरिने

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

काठमाण्डौ, साउन २ ।
पछिल्लो चरणमा भारत र पाकिस्तानबीच बढ्दै गएको तनाव, सिमान्त क्षेत्रमा भएको गोलाबारी र हताहतीका घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले गहिरो चिन्ता व्यक्त गरेको छ ।
भारत र पाकिस्तानबीच तनाव चुलिँदै गएमा दक्षिण एशियाको शान्ति भंङ्ग हुने र त्यसले विश्व शान्ति नै खलबल्याउने हुँदा द्वन्द चर्काउन होइन घटाउन र त्यसका लागि संवाद अघि बढाउन भारत र पाकिस्तानका सरकारलाई मानव अधिकार तथा शान्तिले प्रेस विज्ञप्ति मार्फत आग्रह गरेको छ । यस्तो बेला ३४ वर्ष अगाडि स्थापना भएको दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्क निस्कृय अवस्थामा रहनु दुर्भाग्यपूर्ण रहेको छ । भारत र पाकिस्तानबीच द्वन्द्ध घटाउन र सद्भाव बढाउनका लागि सार्क लाई सक्रिय बनाउन सार्कका सबै देशहरुले पहल गरुन भन्ने आग्रह पनि शान्ति समाजले गरेको छ । यसै गरी भारत पाकिस्तानबीचको तनाव मथ्थर पार्ने दिशामा अन्तराष्ट्रिय समुदायले योगदान गर्नु पर्दछ । आणविक अस्त्रको उन्मादमा चुर्लुम्म डुबेका भारत र पाकिस्तानबीच बढ्दो तनावलाई मथ्थर पार्न, युद्धको होइन शान्तिको भाषा बोल्न, संवाद र सहकार्य प्रवद्र्धन गर्न र निष्कृय रहेको सार्कलाई सक्रिय बनाउन आग्रहसहित भदौ ३ गते मंगलबार काठमाण्डौस्थित भारतीय दुतावास ( लैनचौर) र पाकिस्तानी दुतावास (महाराजगञ्ज) अगाडि दिउँसो २ बजे देखि ३ बजे सम्म एकसाथ एकघण्टा धर्ना प्रदर्शन आयोजना गरिएको समाजका सभापति उत्तम पुडासैनीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्