वेगनासतालमा संयुक्त रक्तदान कार्यक्रम हुने

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
लेखनाथ, भदौ ३ ।
लायन्स क्लब अफ वेगनास तालनगरी र वेगनास वचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं.३१ वेगनासताल वसपार्कमा यही भदौ ७ गते शनिवार संयुक्त रुपमा खुला रक्त दान कार्यक्रम गरिने भएको हो । रक्तदान जीवन दान , जीवन दान महादान भन्ने पवित्र उद्धेश्येलाइ आत्मसाथ गर्दै पोखरा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा प्रत्येक वर्ष निरन्तर रुपमा रक्तदान गर्दै आएको वेगनास ताल नगरीले यस वर्ष पनि पोखरामा रगतको अभाव हुन नदिने उद्धेश्येले संयुक्त रुपमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष केशव राज तिवारीले बताए ।
यसै गरी स्थापनाकाल देखि विभिन्न सामाजिक कार्य गर्दै आएको वेगनास वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत संयुक्त रुपमा खुला रक्तदान कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष धु्रव न्यौपानेले जानकारी दिंदै उक्त पुण्य कार्यमा उपस्थित भइ रक्तदान गरि दिन सम्पूर्ण रक्तदाताहरुमा आग्रह गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्