बेगनासतालमा संयुक्त खुला रक्तदान कार्यक्रम सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
लेखनाथ, साउन ६ ।
पोखरा महानगरपालिका वडा नं.३१ बेगनासतालमा संयुक्त रुपमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ वेगनासत तालनगरी र वेगनास बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त रुपमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान जीवन दान जीवन दान महादान भन्ने पवित्र उद्धेश्येलाइ आत्मसाथ गर्दै आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको हो ।

वेगनास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धु्रब राज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको रक्तदानका कार्यक्रममा प्रमुख अतिथि अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ नेपालका रक्तदान विभागका विभागीय प्रमुख शैलेन्द्र मोहन भट्टराइले रक्तदाता वेगनासत बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक एवम् लायस्न क्लब अफ वेगनास तालनगरीका तृतिय उपाध्यक्ष विदुर त्रिपाठी , सि आर वि का प्रहरी जवान विष्णु प्रसाद गुप्ता र पोखरा ३० मोहोरी निवासी समाजसेवी अनन्त कंडेललाइ ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । दुइ वटा संस्थाहरु मिलेर खुला रुपमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै मानविय सेवाको पूण्य कार्यमा सरिक भइ रक्तदान गर्न रक्तदाताहरुमा उनले आग्रह गरे ।

 

यसै गरी वडा नं.३१ वडा सदस्य विष्णु बहादुर भुजल, पोखरा महानगरपालिकाका कानुनी अधिकृत राममणी अधिकारी, डिष्ट्रिक कमिटीका चियर पर्सन एवम् क्लबका संस्थापक अध्यक्ष ऋषिराम रानभाट, बेगनास बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रामेश्वर ढुंगाना लगाएले मानविय जीनमा रगतको महत्वमाथि प्रकाश पारेका थिए । राष्ट्रिय समाधान पत्रिकाका कर्मचारी दिपक आचार्य लगाएतका रक्तदाताहरुले पहिलो पटक रक्तदान गर्न पाउँदा खुशी लागेको बताए । लायन्स क्कलब अफ वेगनास तालनगरीका अध्यक्ष केशव राज तिवारीले स्वागत गरेका थिए भने क्लबका सचिव त्रिलोचन लामिछानेले कार्यक्रम सन्चालन गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्