राईजिड्ड स्टारको रक्तदान, ११९ युनिट रगत संकलन

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
लेखनाथ, साउन ६ ।
युवाहरुलाई सरसफाई र खेलकुदको क्षेत्रबाट अगाडि वढाउदै आएको पोखरा – २७ को राईजिड्ड स्टार युथ क्लबले आफनो बार्षिक कार्यक्रम अन्तरगत शनिवार १४ औं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवन दान जीवन दान महादान भन्ने मुल नाराका साथ सरु भएको कार्यक्रममा ११९ युनिट रगत संकलन भएको छ ।
पहिलो रक्तदाता महेन्द्र गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गर्दै पोखरा २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले युवाहरुलाई विकृति र विसंगड्डतिबाट टाढै बसी सामाजिक काममा लाग्न आग्रह गर्दै स्वच्छ रहनका लागि हरेक तीन तीन महिनमा रगत दिन सकिने बताएका थिए ।
स्वत स्फुर्त रुपमा रक्तदाताहरु उत्साहित हुदै रक्तदानमा सहभागी भएको सो कार्यक्रममा डाडाकोनाक प्रहरीचौकीका ईन्चार्ज महोन बहादुर खाँड, स्थानिय समाजसेवी जगबहादुर गुरुङ, रिठेपानी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष यमप्रसाद गुरुङ लगाएतले रक्तदानको महत्व र उपयोगिताका बारेमा प्रकाश पारेका थिए । क्लवका अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन रिठेपानी सहकारीका सचिव प्रकाश पन्तले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्