डेंगु नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक ः उपप्रधानमन्त्री यादव

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

काठमाण्डौ, भदौ १२ ।
उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको प्रयासले मात्र डेंगु रोग नियन्त्रण हुन नसक्ने बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले डेंगु रोग नियन्त्रण स्वास्थ्य मन्त्रालयको मात्र दायित्व नठानेर सबैले प्रयास गर्नुपर्ने बताएका हुन् । यसमा पालिका प्रदेश, केन्द्र सबै यो अभियानमा लाग्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयले डेंगु मार्न गाउँ गाउँ गएन भनेर छोडिदियौं भने त्यो सम्भव हुँदैन’ उनले भने यो सबैको दायित्व हो ।
उपप्रधानमन्त्री यादवले डेंगु रोगका विरामीको उपचारमा कमी हुन नदिएको बताए । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले दशैको समयमा राजधानीमा डेंगुको संक्रमण अझै फैलिने सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिन् । उनले डेंगुको बहुआयामिक लक्षण देखिने भएकाले विशेष पहिचान गरी मृत्युदर घटाउने तर्फ उपचारलाई केन्द्रित गर्नुपर्ने पनि बताइन् । मुलुकका ४२ जिल्लामा देखिएको डेंगुको संक्रमणबाट अहिले सम्म १ हजार ५ सय ३७ जना विरामी परेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय विश्वका आधा भन्दा बढी जनसंख्या डेंगु रोगको जोखिममा रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रत्येक बर्ष ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनुको साथै २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । डेंगुको संक्रमण ३ देखि १० दिनसम्म रहने र यस समयमा विरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ जोर्नी दुख्ने, शरीरमा रातो रातो बिमिराहरु देखापर्ने चिकित्सकहरुले जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्