लेखनाथमा घरेलु मदिरा नष्ट( with video)

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट ।
लेखनाथ, भदौ २५ ।
साविक लेखनाथ क्षेत्रमा घरेलु मदिरा नष्ट कार्यलाइ तिब्र पारिएको छ । इलाका प्रहरी कार्यलय डाँडाको नाकको सक्रियतामा पोखरा महानगरपालिका वडा नं.२७ र ३० का ४ स्थानबाट तयारी मदिरा करिब २ हजार लिटर र कच्च मदिरा करिब १८ सय लिटर बरामद गरिएको थियो ।

उक्त बरामद गरिएको घरेलु मदिरा वडा नं.२७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष रमेश ओझा एवम् कार्यसमितिका पदाधिकारीहरु, नागरीक समाज, आमा समूह , पत्रकारहरुको रोहबरमा बुधबरा नष्ट गरिएको हो । उक्त कार्यक्रममा डाँडानाक इलाका प्रहरी कार्यलयका डि एस पी मोहन बहादुर खाँडले घरेलु मदिराले समाजमा विकृति, हिंसा एवम् अपराध जन्य घटना बृद्धि गर्ने बताए । घरेलु नष्ट गर्ने अभियान निरन्तर रुपमा चलिरहने बताउँदै उक्त अभियानमा साथ दिइ सभ्य र शान्त समाज निर्माणमा सहयोग गर्न सबै समुदायमा उनले आग्रह गरे ।

https://www.facebook.com/gaulemedia123/videos/10156204791755810/

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्