शान्ति सुरक्षामा सेवा केन्द्रको महत्वपूर्ण भुमिकाः प्रहरी प्रमुख कार्की

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
कालिका, ३ असोज ।
कास्की जिल्ला प्रहरी प्रमुख दान बहादुर कार्कीले समाजको विकास र शान्ति सुरक्षाको लागि सामुदायिक प्रहरी सेवा केन्द्रको भुमिका महत्वपूर्ण भएको बताए । सामुदायिक सेवा केन्द्र एव. सामुदायिक प्रहरी सेवा कालिकाको चौथो वार्षिक साधारण सभाको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै उक्त कुरा बताए । सामुदायिक सेवा केन्द्रको माध्यमबाट प्रहरीसँगै हातमालो गर्दै समग्र पोखरा २८ को विकास र शान्ति सुरक्षा कायम हुने उनले विश्वास व्यक्त गरे ।
समाजमा हरेक किसिमका मानिस हुने भन्दै तिनीहरुलाइ समेट्दै सामुदायिक सेवा केन्द विकृति,विसंगती रहित समाजको निर्माणमा लागेको सेवा केन्द्रलाइ समाजका समाजका लब्ध प्रतिष्टित र समृद्ध व्यक्तिहरुले सहयोग गर्नुपर्नेमा उनले जोड दिए। नेपालको कानूनले गाँजा विक्री वितरण गर्नु र उत्पादन गर्नू अवैध हुने भन्दै गाँजा फडानी गर्दै गर्दा कही कतै हाम्रा टोलमा लागू औषध सेवन गर्नेहरुको संख्यामा वृद्धि हुने कुरामा चिन्ता व्यक्त गर्दै उक्त कुरामा सजगता अपनाउन आग्रह पनि गरे ।
यसै गरी वडा नं.२८का वडा अध्यक्ष निर्मल दियालीले प्रहरी र समुदाय मिलेर विकृति र विसंगती रहित समाजको निर्माणमा सबै एकजुट हुन पर्नेमा जोड दिंदै सामुदायक सेवा केन्द्रले आयोजना गर्ने विभिन्न सामाजिक कार्यमा वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सामुदायिक सेवा केन्द्र कास्कीका अध्यक्ष सोमनाथ वास्तोला, जिल्ला समन्वयका वरिष्ट उपाध्यक्ष बोध राज कार्की, रत्न शोभा माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा नं.२८ का अध्यक्ष भोला नाथ त्रिपाठी, नेपाली कांग्रेस वडा नं.२८ का पूर्व सभापति बोधराज तिवारी, प्यावस्सन केन्द्रिय उपाध्यक्ष एवम् सेवा केन्द्रका सल्लाहकार विर बहादुर बुढाथोकी, सेवा केन्द्रका निवर्तमान अध्यक्ष राजेश भण्ढारी, सामुदायिक सेवा केन्द्र पृथ्वी चोकका अध्यक्ष विपिन अधिकारी, विष्णु मायाँ पौडेल लगाएतले सामुदायिक सेवा केन्द्र सेवा मुलक संस्था भएकाले सेवा गर्ने भावनाका साथ सबैले सेवा केन्द्रलाइ सहयोग गर्नुपर्ने खाँचो रहेको बताए ।
सेवा केन्द्रका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यको प्रतिवेदन, सचिवको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो । सेवा केन्द्रका उपाध्यक्ष रिता भण्ढारीले स्वागत गरेकी थिइन् भने सेवा केन्द्रका सचिव राधाकृष्ण तिवारीले कार्यक्रम सन्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्