महरा थुनामै रहने, उच्च अदालतद्वारा जिल्लाकै आदेश सदर

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

काठमाण्डौ, ३ पुष ।
पाटन उच्च अदालतले जबरजस्ती करणी उद्योगमा थुनामा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि रिहा गर्न अस्वीकार गरेको छ। उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराको जेल बसाई अझै लम्बिने भएको छ।
पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध दायर मुद्दामा सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायधीस टेकनारायण कुँवरको इजलासले सुरुकै आदेश सदर गरेको उच्चका प्रवक्ता मोहन सुवेदीले थाहा खबरलाई जानकारी दिए। जिल्लाकै आदेश सदर भएसँगै महरा अब मुद्दा टुंगो नलागुञ्जेल थुनामै रहनेछन्। पछिल्लो केही दिनयता काठमाडौं जिल्ला अदालतमा महराको बकपत्र पनि चलिरहेको छ।
जिल्ला अदालत काठमाडौंले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी हाल डिल्लीबजार कारागारमा रहेका छन्। संसद सचिवालयकी कर्मचारीलाई उनको कोठामै पुगेर बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले महरालाई असोज १९ गते पक्राउ गरी मुद्दा चलाएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्