उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने नेकपाको निर्णय

  • ख-
  • ख+

पुस २६,  काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

रिक्त रहेको सभामुख पदको निर्वाचन आइतबारबाट सुरु हुने भएपछि नेकपाले उक्त निर्णय लिएको हो। यद्यपि उपसभामुख तम्बाहाम्फेले राजीनमा नदिने बरू महाअभियोग लगाएर हटाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिँदै आएकी छन्।

शुक्रबार मात्रै उपसभामुख तुम्बाहाम्फेले दुवै अध्यक्षसँग भेटवार्ता गरेर सभामुखका लागि आफ्नो अयोग्ता पुष्टि गर्न भनेकी थिइन्। असोज १२ गते संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेर तत्कालीन कृष्णबहादुर महरा जेल गएपछि सभामुख पद रिक्त रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्