गण्डकी प्रदेश प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हव’ बन्दैछ : मुख्यमन्त्री गुरुङ

  • ख-
  • ख+

माघ ११,लमजुङ गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हव’ गण्डकी प्रदेश बन्दै गरेको बताएका छन् । लमजुङ बेँसीशहर नगरपालिका–१० खासुर सामुदायिक घरवास उद्घाटन कार्यक्रममा उनले जातजाति, भाषा, संस्कार संस्कृति विश्वमै नेपाल रहेको र यसमध्ये पनि गण्डकी प्रदेश रहेको बताए ।

राष्ट्रिय संस्कृतिमा पनि यस प्रदेशको नेतृत्व रहेको बताउँदै उनले भने, “सांस्कृतिक निर्माण र भाषाको विकास गर्नमा गण्डकी प्रदेशसम्पन्न छ ।”

प्रकृति र संस्कृतिको अनुपम सङ्गम ईश्वरको वरदानका रुपमा रहेको गण्डकी प्रदेशलाई विकास गर्नका लागि प्रदेश सरकार अघि बढेको उनले बताए । मुख्यमन्त्री गुरुङले भने, “प्रदेशका घरवासले भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागिसमेत मद्दत पुगेको छ ।” यस खासुर गाउँमा १० घरवास सञ्चानमा रहेका छन् । यहाँ करिब ८० जना पर्यटकको क्षमताको रहेको घरवास सञ्चालक दूधप्रसाद घलेले बताए। उनका अनुसार यस गाउँमा १५३ वटा घरधुरी छन् । यहाँ गुरुङ, मगर, तामाङ, दलित, भुजेल समुदायको बसोबास छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्