लेखननाथको तालचोकमा सचेतना कार्यक्रम

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
लेखनाथ , चैत १० ।
विश्वमा महामारीका रुपमा देखिएको कोरोना भाइरसको सङ्क्रमणबाट बँच्नका लागि पोखरा २७ को तालचोकमा सचेतना कार्यक्रम गरिएको छ । लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाको पहलामा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
पोखरा २७ को तालचोकमा वाल्टी , पानी र सावुनको व्यवस्था गरी सम्पूर्ण समुदायलाई सावुन पानीले राम्रारी हात धुन सचेत गरिएको हो । कार्यक्रममा हंसपुर इलाका प्रहरी कार्यलय डाँडाको नाकका डिएसपी अजुन रानाभाटले कोरोना भाइरसको सम्भाव्य जोखिमबाट बच्नका लागि साबुन पानीले नियमित हात धुन आग्रह गरे । अतिआवश्यक वाहेक हिँडडुल नगर्न सचेत गराउँदै अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आग्रह पनि गरे । कोरोना भाइरस रोकथामका लागि प्रशासनबाट अति आवश्यक वाहेक अन्य यातायातका साधानहरुलाई अन्य छिमेकी जिल्लाबा पोखरामा प्रवेश गर्न रोक लगाइएको पनि रानाभाटले बताए ।
त्यस्तै गरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश ओझाले नियमित रुपमा मनतातो पानी पिउनुपर्नेमा जोड दिंदै भिडभाडबाट पर बस्न सके कोरोनाबाट बच्न सकिने हुदा त्यसको पालना गर्न समेत आग्रह गरे । विकृति , विसंगति रहित समाजको निर्माणमा हाम्रो अभियान भन्ने उद्धेश्यका साथ विभिन्न सामाजिक तथा मानविय सेवाका कार्यहरु गर्दै आएको सेवा केन्द्रको उक्त कार्यक्रममा पदाधिकारीहरु एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्