लेखनाथमा लकडाउन उल्लंघन गरी चलाउने सवारी साधन प्रहरीको नियन्त्रणमा

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
लेखनाथ, ११चैत्र ।
लेखनाथमा लक डाउन उलंघन गरी चलाइएका ७ वटा मोटर साइकल तथा स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यलय कास्कीले पोखरा लेखनाथका सबैजसो चोकमा बिहानैदेखि प्रहरीको तैनाथीलाई बाक्लो बनाएको छ।
बिहान ६ बजेदेखि नै लकडाउन सुरु भइसकेको अवस्थामा लेखनाथका सडकमा निस्किएका सर्वसाधरणलाई सुरक्षाकर्मीले रोक्दै घर फर्काइरहेका छन्। लकडाउन सुरु भएपछि पोखरा तथा लेखनाथका सडक करिब सुनसान जस्तै छ।
सुरक्षाकर्मीहरुले सडकमा निस्किएका मानिसहरुलाई कडाइका साथ सोधखोज र चेकजाँच गरिरहेको छ । यसै विच लक डाउन उलंघन गरी सडकमा चलाइएका ७ वटा मोटर साइकल तथा स्कुटरलाई कारवाही स्वरुप नियन्त्रणमा लिइएको हंसपुर इलाका प्रहरी कार्यलय डाँडाको नाकका डिएसपी अर्जुन रानाभाटले बताए। विश्वमा देखिएको कोरोना भाइरसको विषम परिस्थितिलाई रोकथामका लागि चेकजाँचलाई कडा पारिएको रानाभाटले बताउँदै लक डाउनालाई अति आवश्यक वाहेक घरमै बसेर पालना गर्न डिएसपी रानाभाटले सबैमा आग्रह गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्