श्रव्यदृश्य पाठ प्रसारण गरिने (प्रसारण समय तालिका सहित )

  • ख-
  • ख+

काठमाण्डौ, ३० जेठ ।
कोभिड १९ संक्रमणका कारण देशै भरका प्रभावित सबै विद्यालयहरुको पठनपाठनलाई वैकल्पिक विधिबाट अगामी असार १ गते देखि शिक्षण सिकाई कार्यलाई निरन्तरता दिइने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट हालै जारी गरिएको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार कक्षा १ देखि कक्षा ८ सम्मका विषयगत पाठहरु एन टिभी प्लस च्यानलबाट प्रसारण गरिने छ ।
यसै गरी कक्षा ९ र १० का विषयगत पाठहरु डिस होम, नेट टिभी, म्याक्स टिभीको विद्यालय शिक्षा च्यानबाट श्रव्यदृश्य पाठ प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखाका निर्देशक माधव प्रसाद दाहालद्धारा हस्ताक्षरित सूचानामा जनाइएको छ ।
साथै आवश्यक सहयोग, समन्वय , सहजीकरण गरिदिन समेत सम्बन्धित सबैमा आग्रह समेत गरिएको छ ।

 

 

 

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्