गण्डकी प्रदेशमा पाँच स्वास्थ्यकर्मीसहित थप ३२ जनामा काेराेना संक्रमण

  • ख-
  • ख+

असार ५,  काठमाडौं : गण्डकी प्रदेशमा पाँच स्वास्थ्यकर्मीसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज विहान दोस्रो पटक संक्रमितको विवरण सार्वजनिक गर्दै गण्डकी प्रदेश निर्देशनालयले थप ३२ जना थपिएको जनाएको हो। यसअघि आज विहानै २४ जना थपिएको निर्देशनालका प्रवक्ता डाक्टर विनोद बिन्दू शर्माले जनाएका थिए।

पछिल्लो पटक थएिकामा बाग्लुङका १० जना तनहुँका १७ जना र पर्वतका पाँच जना रहेका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ सय ८० पुगेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्