लेखनाथमा एमसिसीको विरोध¥याली

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
पोखरा, ५असार ।
लेखनाथमा एमसिसीको विरोधमा विरोध¥याली गरिएको छ । पोखरा ३१ बेगनासताल बाट सुरु भएको विरोध विरोध¥याली पोखरा ३० शिशुवा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
यस अघि एम सि सी चाहिँदैन, भ्रष्टचारीलाई कारवाही गर, पिसीआर परिक्षण दायरा बढाउ, दश अरव कहाँ गयो लगाउएका नारा लेखिएका प्लेकार्डहरु लिएका युवाहरु विरोध¥यालीमा सहभागी भएका थिए ।
पोख्रेली स्वतन्त्र समुदाय आयोजक नाम दिएको उक्त विरोध¥यालीको कोण सभामा विश्व पौडेल, राजेश थापा, आशिष थापा, बलराम तिवारी, सन्जिव घिमिरे प्रकास सापकोटा लगाएतका बक्ताहरुले सरकारको विरोध नभइ प्रविधिको विरोध गरेको , सरकारले भ्रष्टचारलाई बढवा दिएको, अहिले विषम परिस्थितीमा जनताको स्वास्थ्यमा सरकार गम्भिर नभएको क्वारेन्टाइनमा रहेका नेपालीहरु बलत्कार हुँदा पनि सरकारले बलत्कारीहरुलाई कारवाही नगरेको आरोप लगाउँदै एम सि सी कुनै पनि हालतमा पास गर्न नहुने बताउँदै सबै सचेत नेपाली दाजुभाइल एससिीको विरोध गर्न आव्हान गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्