अनेरास्ववियु र नेविसंघद्वारा शुल्क नतिर्न आह्वान

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

असार ८, काठमाडौँ — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निजी विद्यालयलाई शुल्क नबुझाउन अभिभावकलाई आह्वान गरेका छन् ।

सोमबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी अनेरास्ववियु र नेविसंघले शिक्षण संस्था नै सञ्चालन नभएको अवधीको शुल्क नतिर्ने प्रष्टाएका हुन् । आइतबार निजी विद्यालयका छाता संस्थाहरु प्याब्सन र एनप्याब्सनले गतवर्षको बाँकी र शैक्षिकसत्र २०७७ को शुल्क बुझाउन अपिल गरेका थिए । सत्तारुढ र प्रमुख प्रतिपक्षी ठूला दुई विद्यार्थी संगठनले विद्यालय नै बन्द रहेर पठनपाठन नभएको बेला समेत शुल्क मागेको भन्दै त्यसको विरोध गरेका हुन् ।

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा प्याब्सन, एनप्याब्सनले शुल्क माग्दै गरेको अपिललाई अवज्ञा गर्न विद्यार्थी अभिभावकसँग आग्रह गरेका छन् । उनीहरुले असान्दर्भिक र अव्यवहारिक अपिल फिर्ता लिन निजी विद्यालय सञ्चालकहरुलाई आग्रह समेत गरेका छन् । लकडाउनको अवधी कायम रहेसम्म कुनै पनि प्रकारका शुल्क नलिन सचेत गराइएको छ ।

त्यस्तै नेविसंघका अध्यक्ष राजिव ढुंगानाले शिक्षण संस्था नखुलेसम्म शुल्क नतिर्न विद्यार्थी, अभिभावकलाई आह्वान गरेका छन् । नेविसंघले शुल्क उठाउन नदिन सरकार र शिक्षा मन्त्रालयलाई सचेत समेत गराएको छ । नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले पनि प्याब्सन, एनप्याब्सनले शुल्क लिने निर्णय सच्याउनु पर्ने माग गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्