गण्डकी प्रदेशमा सोमबार थप १७ जना नयाँ कोरोना संक्रमित थपिए

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, १ भदौ । सोमबार थप १७ जनामा कोरोना संक्रमित थपिए सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय ५६पुगेको छ ।
नवलपुर, लमजुङ, स्याङजा र बागलुङमा १÷१ जनामा र कास्कीमा ११ जना गरी १७ जना नयाँ कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं.१६ का ५६ वर्षका १ पुरुष, वडा नंं. ९ का ३१ वर्षकी १ महिला र ३६वर्षका १ पुरुष, वडा नं.७ का ३८ वर्षका १ पुरुष र ३६वर्षका १ महिला, वडा नं.१७ का ८७ वर्षका १ पुरुष, वडा नं.२७ का वर्ष २४ की १ महिला र १० बर्षका वालक सहित ५९ बर्षका पुरुष, पोखरा ३० – का ४६ बर्षीय पुरुष र पोखरा (४ का २१ बर्षीया युवतीमा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा .विनोद विन्दु शर्माले जानकारी दिए ।
यस्तै नवलपुरको विनयत्रिबेणी नगरपालिका वडा नं (१ का २८ बर्षीय पुरुष, लमजुङ दोर्दी गाउँपालिका (१ का ३० बर्षीय पुरुष, तनहुँ व्यास नगरपालिका (१ का ३१ र २३ बर्षीया महिला, बाग्लुङ नगरपालिकाका २६ बर्षीय पुरुष र स्याङ्गजा पुतलीबजार नगरपालिकाका ६० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । लमजुङका मध्यविन्दु नगरपालिकाका २ जना, बेशींसहर नगरपालिका, राईनाश गाउँपालिका, दूधपोखरी गाउँपालिका र सुन्दरबजार नगरपालिकाका एकरएक जना कोरोना देखिएको बताए । उनीहरु २९ देखि ५८ वर्ष उमेर समूहका छन् ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७५६ पुगेको छ । भने, कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या पनि १५५० पुगेको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्